Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामिण क्षेत्रमा जान अटेरी गर्दै बैंक

विहीबार, १० साउन २०७५, १० : ४९ मा प्रकाशित

ग्रामिण क्षेत्रमा जान अटेरी गर्दै बैंक

अर्थ संसार, काठमाडौँ– अधिकांश स्थानीय तहमा अझै बैंक स्थापना हुन सकेका छैनन् ।   जिल्लाका सात स्थानीय तहमध्ये तीन स्थानीय तहमा बैंक स्थापना भए पनि बाँकी चार ठाउँमा अझै स्थापना हुन नसकेका हुन् ।

बैंक स्थापना नहुँदा ग्रामीण क्षेत्रबाट सामान्य कामका लागि पनि जिल्ला सदरमुकाम आउनुपर्ने बाध्यता भएको बारेकोट गाउँपालिका वडा नं ७ का प्रेम शाहीले बताउनुभयो ।

वृद्धभत्तादेखि उपभोक्ता समितिसम्म सदरमुकाम गई लामो समयसम्म बस्दा खर्च वढी हुने गरेको छ । रु ३० हजारको योजनादेखि लाखौँ योजनामा काम गर्ने उपभोक्ता सदरमुकाममा आउँदा समस्या भएको छ । ठुलो योजना भएका त ठीकै भए पनि साना योजना भएका उपभोक्ताको रकम बैंक जाँदा र आउँदा आधा खर्च हुने गरेको जुनिचाँदे गाउँपालिका वडा नं ८ का नरबहादुर बुढाले बताउनुभयो ।

जुनिचाँदे, बारेकोट, शिवालय र कुशे गाउँपालिकामा बैंक स्थापना भएको छैन । यी  अधिकांश ठाउँका रहेका स्थानीय सरकारका कार्यालयसमेत सदरमुकाममा छन् । मोटो रकम बाटामा बोकेर ल्याउँदा सुरक्षा चुनौती भएको कर्मचारी बताउँछन् ।

  द्वन्द्वकालमा विस्थापित बंैकसमेत स्थापित हुन नसक्दा थप समस्या परेको छ । नलगाड नगरपालिकाको दल्लीबाट विस्थापित नेपाल बैंकको शाखा अहिलेसम्म पूर्ण स्थापना हुन सकेको छैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको