आइतबार, १० चैत २०७५
एनएमवि बैंकको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन साउन १६ गते
बिहिबार, १० साउन २०७५

अर्थ संसार, काठमाडौं– एनएमवि बैंकले आफ्ना सेयर धनीलाई दिने लाभांश सुरक्षित गर्ने अन्तिम दिन साउन १६ गते तोकिएको छ ।

साउन ७ गते बसेको संचालक समितिको बैठकले साउन १७ गते बुक क्लोजको मिति तोकिएको छ । 

साउन १६ गतेसम्म बैंकको सेयर भएका लगानीकर्ताले १५ प्रतिशत बोनस सेयर पाउनेछन् । उक्त बोनस सेयर पारितको लागि बैंकले भदौ ३१ वार्षिक साधारणसभा बोलकाएको छ ।

वार्षिक साधारणसभाबाट पारित र नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि सेयरधनीले लाभांस पाउनेछन् ।

Copyright © 2019 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved