बुधबार, ३१ असोज २०७५, ०७ : ४२
सेयर बजारप्रति लगानीकर्ताको मनोवल बढेन बजार १९ करोडमा सिमित हुँदा नेप्से ३ अंकले घट्यो
बिहिबार, १० साउन २०७५

विहीबारको सेयर चार्ट

अर्थ संसार, काठमाडौं– साताको अन्तिम दिन (आज) बिहीबार बजार ३.१५ अंकले घटेको छ ।  जम्मा १६३ वटा कम्पनीको ७ लाख ९२ हजार ५५ कित्ता सेयर खरिदविक्री हुँदा १९ करोड ३० लाख २८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से इन्डेक्स  ११९१.२० विन्दुममा आइपुगेको छ ।  

क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.७५ अंकले घटेको छ । होटल समूह मात्र उकाला  लागेको दिन उत्पादन समूहको भने कारोबार भएको छैन ।

सेयर बजारप्रति लगानीकर्ताले विश्वास नभएको कारण बजारमा रौनक नदिएको हो ।  अर्थमन्त्री डा युवराज खतिवडादेखि  तर्सिएको सेयर बजार एक दिन बढ्ने अर्काे दिन घट्ने खेल हिजोआज जारी छ ।  जसले गर्दा सोझासाझा लगानीकर्ता  सेयर बजारमा डुवेका छन् ।

कारोबार भएको समूहमध्ये सवै भन्दा धेरै नन् लाइफल इन्स्योरेन्स समूह २७.१७ अंकले घटेको छ ।घटेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved