Like us!
Follow us!
Connect us!
Watch us!

सरकार र केसीबीच सहमतिः अनसन तोडिँदै

विहीबार, १० साउन २०७५, १७ : २३ मा प्रकाशित

सरकार र  केसीबीच सहमतिः  अनसन तोडिँदै

अर्थ संसार, काठमाडौं– अनशनरत डा. गोविन्द केसी र सरकारबीचको वार्तामा सहमति जुटेको छ। सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विद्येयकलाई संसदमा प्रस्तुत गर्ने र त्यसमा डा.गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्ने बिषयमा दुवै पक्ष सकारात्मक भएका छन् ।

शुक्रबारबाट नियमित सञ्चालन हुने संसद बैठकमा चिकित्सा शिक्षा विद्येयकमा देखिएका बाँकी बिषयमा सहमति हुने नेकपाका उपनेता सुवासचन्द्र नेवाङले जानकारी दिनुयो । डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर भएको सरकारले अन्ततः सहमतिको प्रयास थालेको थियो ।

सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहरबारमा भएको सरकारी वार्ता टोली र केसी पक्षबीच भएको सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

सहमतिमा हस्ताक्षरसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विद्येयकको बिषयलाई लिएर बारम्बार संसद अवरुद्ध गर्दै आएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको