Like us!
Follow us!
Connect us!
Watch us!

कलेज खोल्न १० वर्षे प्रतिबन्धमा कुरा नमिलेपछि सरकार र केसीबीचको वार्ता रोकियो

विहीबार, १० साउन २०७५, १९ : ३२ मा प्रकाशित

कलेज खोल्न १० वर्षे प्रतिबन्धमा कुरा नमिलेपछि सरकार र केसीबीचको वार्ता  रोकियो

अर्थ संसार,  काठमाडौं - सरकार र डा. केसीबीच भएको भनिएको सहमतिले आज अन्तिम रुप पाउन सकेन ।

काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने कि नलगाउने भन्नेमा सहमति हुन नसकेको हो ।

१० वर्षे आशय पत्र नदिन दुबै पक्ष सहमत भएका छन् । तर, सम्बन्धनको हकमा प्रतिबन्ध लगाउन सरकार तयार नभएको डा। केसीको वार्ता टोलीले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

डा। केसीले भने यो माग पूरा नहुने हो भने आफ्नो अनसन जारी रहने बताएको वार्ता टोलीका सदस्य डा. सुरेन्द्र भण्डारीले बताए । उनले भने, ‘डा. केसीको अडान १० वर्षसम्म सम्बन्धन दिनु हुँदैन भन्ने छ । सरकारले १० वर्ष हटाइनुपर्छ भन्ने छ । यही कुरामा वार्ता अड्किएको छ ।’

यसबारे छलफलका लागि फेरि बालुवाटार बोलाइएको वार्ता टोली संयोजक डा.अभिषेकराज सिंहले जानकारी दिए ।

वार्तामा सम्बन्धनको एउटा विषयलाई इगो नबनाउन र माग सम्बोधन गर्न आग्रह गर्ने भण्डारीले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको