Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल- चीन एक्स्पो हुने

शुक्रबार, ११ साउन २०७५, ०८ : २३ मा प्रकाशित

नेपाल- चीन एक्स्पो  हुने

अर्थ संसार, काठमाडौं- अरनिको सांस्कृतिक तथा व्यावसायिक प्रर्वद्धन समाजले नेपाल चीन एक्स्पो –२०१८  गर्ने भएको छ ।  यही २०७५ असोज १९ देखि २३ गतेसम्म पाँच दिनसम्म  नेपाल चीन एक्स्पो –२०१८  हुने भएको हो ।

ललितपुरमा जन्मिनु भएका प्रख्यात कलाकार एवं राष्ट्रिय विभूति अरनिको र उहाँले चीनमा परिचित गराएको नेपालको संस्कृति र हस्तकला मार्फत व्यावसायिक क्षेत्रको विकासमा भूमिका निर्वाह गर्ने  यस समाजको मुख्य उद्देश्य रहेको छ । समाजले दुई देशबीचको संस्कृति, मौलिकता र परम्परा आदानप्रदान गर्दै मुलुकको आर्थिक विकास, व्यवसायीहरुको क्षमता विकास, बजार विस्तार गर्ने लगायत विविध क्षेत्रमा क्रियाशील हुने लक्ष्य राखेको छ ।

चीन र नेपालबीचको सांस्कृतिक र व्यवसायिक सम्बन्ध विकास गर्ने उद्देश्यले अरनिको समाज र नेपाल चीन सांस्कृतिक आदानप्रदान केन्द्रसंग भएको सम्झौताको पहिलो ठोस अभिव्यक्तिको रुपमा मेला गर्न लागेको हौं । चीनले अघि सारेको वन बेल्ट वन रोडले (ओबिओआर) बाट नेपालमा पर्यटन, कृषि, उर्जा, उद्योग र पूर्वाधार विकासमा प्रशस्त लाभ लिन सकिने सम्भावनालाई समेत मध्यनजर गर्दै त्यसमा सकारात्मक योगदान दिने पनि मेलाको एक महत्वपूर्ण उद्देश्य रहेको छ ।

सो एक्स्पो नेपाल र चीनबीचको सांस्कृतिक र व्यापारिक सम्बन्धको मुख्य सेतुका रुपमा रहनेछ । ऐतिहासिक कला, संस्कृति, सम्पदाको जीवन्त संग्रहालयको रुपमा रहेको ललितपुरको पाटन दरबार क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाएर सो मेला गर्न लागिएको हो ।

नेपालमा उत्पादित सामग्रीहरुको अन्तर्राष्ट्रिय क्षेत्रमा बजार विस्तार, त्यसको प्रवद्र्धन गर्दै नेपालको अर्थतन्त्रमा ठोस योगदान पु¥याउने, संस्कृति र व्यापारिक सम्बन्ध मार्फत दुई देशबीचको जनस्तरमा रहेको सम्बन्धलाई अझ सुमधुर, प्रगाढ र त्यसलाई नेपालको सांस्कृतिक र व्यावसायिक उन्नतिको आधारको रुपमा तयार पार्ने पनि मेलाको मुख्य उद्देश्य रहेको छ ।

मेलामा करिव १ सय स्टलहरु रहने छ । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्री र चीनमा उत्पादन हुने कपडा, जुता, बालबालिकाहरूको निम्ति ज्ञानवद्र्धक, मनोरञ्जन दिलाउने सामग्री, स्टेशनरी, दैनिक अत्यावश्यक उपकरण र हार्डवेयर, स्पोर्टिङ उपकरण र विभिन्न प्रविधिहरु मेलामा प्रदर्शनी र बिक्रीका लागि राखिने छ ।

यस प्रदर्शनीमा अवलोकन गर्न आउनेहरुले आफ्ना प्रियजन, साथी भाई परिवारका लागि आकर्षक र गुणस्तरीय उपहार खरिद गर्न सक्नेछ । यस मेलामा क्रेता र बिक्रेता प्रत्यक्ष भेटघाट हुने अवसरका रुपमा पनि रहनेछ । मेलाबाट स्वेदशी व्यवसायी, बिक्रेताहरुलाई आफ्नो उत्पादन अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने अवसर पाउने छ । दुइ देशका नागरिक बीचको आपसी अध्ययन तथा ज्ञान, सीप आदानप्रदान, पर्यटन र व्यवसायिक विकासमा पनि मेलाले टेवा पुर्याउने हाम्रो विश्वास रहेको छ ।

मेलामा नेपाली बजारमा लोकप्रिय र बढी माग रहेका चीनमा उत्पादित वस्तुहरु खरिद पनि गर्न सकिने छ । मेला व्यवसाय र संस्कृतिको अपूर्व प्रदर्शनीका रुपमा रहने हाम्रो विश्वास रहेको छ । मेलाले दुई देशबीचको संस्कृति र व्यवसायलाई सम्बन्ध विस्तार गर्ने बलियो आधारका रुपमा स्थापित गर्नेछ । मेला अवधिभर ललितपुरका मूर्त, अर्मूत संस्कृतिको जीवन्त प्रदर्शनी गरिने छ । करिब दुई लाखले मेलाको अवलोकन गर्ने अनुमान रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको