Like us!
Follow us!
Connect us!
Watch us!

पञ्चकन्याको आइपीओ बाँडफाँडः १० कित्ता १ लाख १ सय जनालाई, तपाईलाई पर्यो ?

शुक्रबार, ११ साउन २०७५, ११ : ११ मा प्रकाशित

पञ्चकन्याको आइपीओ बाँडफाँडः १० कित्ता १ लाख १ सय जनालाई, तपाईलाई पर्यो ?

अर्थ संसार, काठमाडौं – पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ शुक्रबार  सनराईज क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ ।

गोलाप्रथाबाट १ लाख १सय जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । ४६ हजार २८९ जना भने आइपीओ पाउनबाट वञ्चित भएका छन् । आइपीओमा कुल १ लाख ४६ हजार ३८९ जना आवेदकले १ करोड ८४ हजार ७३० कित्ताका लागि आवेदन दिएका थिए ।

पञ्चकन्या माई हाइड्रोपावरले साउन १ गतेदेखि ४ गतेसम्म ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये ४४ हजार (४प्रतिशत) कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता (५प्रतिशत) सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी १० लाख १ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरिएको हो । 

कम्पनीले इलाम जिल्लामा १२ मेगावाटको अपर माई जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । यसैगरी, ६.१ मेगावाटको अपर माई ‘सी’ आयोजना पनि निर्माणाधीन छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको