Like us!
Follow us!
Connect us!
Watch us!

त्रिशुलीमा बस खस्यो, १८ जनाको उद्दार

शुक्रबार, ११ साउन २०७५, १३ : ५१ मा प्रकाशित

त्रिशुलीमा बस खस्यो, १८ जनाको उद्दार

अर्थ संसार,  चितवन -  काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ ।शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख २५०६ यात्रु बहाक बस ना ५ प ७४०९ नम्बरको ट्रकसँग जुध्दा बस नदी तर्फ खसेको प्रहरीले जानकारी दिएको छ ।

१८ जना घाइतेको उद्दार गरी उपचारका लागि भरतपुर ल्याउन लागिएको  जिल्ला प्रहरी कार्यलाय चितवनका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुशीलसिंह राठौरले जानकारी दिए ।

च्यापिएका केहीको उद्दार भइरहेको उनको भनाइ छ । बसमा ३२ जना यात्रु सवार रहेको एसपी राठौरले  बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको