Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली पूँजीबजारको विकासका लागि गर्नुपर्ने कामहरु

शुक्रबार, ११ साउन २०७५, १४ : ०८ मा प्रकाशित

नेपाली पूँजीबजारको विकासका लागि गर्नुपर्ने कामहरु

देशको आर्थिक मेरुदण्ड  हो पूँजीबजार । पूँजीबजारको विकास विना देश विकासको परिकल्पना समेत गर्न सकिन्न । त्यसैले सरकारले पूँजीबजार विकासको लागि निम्न  कुराहरुमा ध्यान दिनु आवश्यक छ।

१. नेपाल सरकारको आर्थिक बर्ष २०७५/२०७६ को बजेट बक्तब्य तथा नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मैदिक नितिले सम्पूर्ण बाणिज्य बैकका शाखाहरुले शेयर खरिद बिक्रि कारोबार गर्न अनुमति पत्र दिने व्यवस्था मिलाउन लागेको छ । यो ज्यादै नै स्वागतयोग्य विषय हो । विना विलम्व वाणिज्य बैकहरुले यो काम सुरु गर्न अवश्यक छ । यसबाट राजधानीमा मात्र सिमित रहेका धितोपत्र दलाल कम्पनीहरुको मनोमानि अन्त्य भई धितोपत्र कारोबार बजार बिस्तार हुनेछ । नेपाल स्टाक ऐक्सचेन्जले समेत सो काम अघि बढाउनु अवश्यक  छ ।

२. नेपालको धितोपत्र बजार Automation   को युगमा  प्रबेश गरेको छ । अब शेयर खरिद तथा बिक्रि गर्न चाहने जो कसैले InternetMobile मार्फत शेयर किन बेच र आफ्नो बैंक खाता मार्फत लेनदेन राफसाफ गर्ने व्यवस्था भएको कुरा जानकारीमा अएको छ । यो नयाँ विधिको व्यापक प्रयोग हुन सकेको देखिदैन यसका लागि शेयर कारोबार गर्नेहरुका लागि तालिम तथा प्रचार सुरु गरि कारोबार गर्ने बातावरण मिलाएमा शेयर बजारमा नयाँ गति पैदा हूने विश्वास गरिन्छ ।

३. नेपाल सरकारको बजेटमा पब्लिक लिमिटेड कम्पनी स्थापना गरि धितोपत्र बोर्डमा सुचिकरण गरेको खण्डमा कर छुट तथा अन्य सुविधा दिने कुरा उल्लेख गरिएको छ । यता सर्वसाधारण लगानि कर्ताहरुको लागि शेयर निश्कासनको अनुमति पत्र माग गरि धेरै वटा कम्पनीहरुले धितोपत्र बोर्डमा धाईरहेको अवस्था छ । धितोपत्र बोर्डले छिटो छरितो सेवा प्रदान गरि छिटो गरि दिने व्यवस्था भएमा देशमा धेरैवटा सुचिकृत कम्पनीहरु आउन सक्ने हुँदा सरकारको ध्यान आकर्षण गर्दछु ।

४. शेयरको दोस्रो बजारमा ठुला लगानी कर्ताहरुको प्रवाहलाई प्रोत्साहित गर्नु आवश्यक जस्ले Market Maker को भुमिका खेलन सक्ने नागरिक कोष, कार्यकारी संचयकोष वीमा कम्पनी आदि संस्थाहरुलाई शेयर बजारमा लगानी गरी Market Maker को भुमिका निर्वाह गर्न लगाउनु पर्ने आवश्यकता छ ।

५. नेपालको शेयर बजारलाई भारतको शेयर बजारमा समेत सूचिकरण गराई दूई देशका लागानि कर्ताहरुले कारोबार गर्न पाउने व्यवस्था गरि दिएमा नेपालको शेयर बजारमा भारतीय लागानि आउन सक्ने र यसले नेपालको शेयर Index बढोत्तरी गर्ने निश्चित छ ।

६. विदेशमा बस्ने नेपाली नागरिकहरुलाई शेयर बजारमा लगानि खुल्ला गर्ने निति सरकारले यस अघि नै घोषणा गरिसकेको छ । तापनि आवश्यक नियामावलि तथा विनियमहरु बनाई काम सुरु भएको छैन । यसलाई  छिटो कार्यन्वयन गरिदिएमा शेयर बजारमा बढोत्ररी हुने विश्वास गर्न सकिन्न छ ।

७. नेपालका ७ वटै प्रदेशका राजधानिहरुमा पूँजि बजारका प्रादेशिक कार्यलयहरु खोल्न लगाई शेयरको कारोबारलाई बढावा दिन सकिन्छ । त्यसै गरि ल्भ्एक्भ् को शाखाहरु पनि स्थापना गर्नु आवश्यक  छ ।

८. शेयर बजारलाई नियमन गर्ने प्रभाव कारी निकाय स्थापना गरि यसलाई स्वतन्त्र रुपमा सञ्चालन हुने व्यवस्था गरेमा धेरै उपयोगि हुने छ । यस्तै गरि ऋणपत्र जारी गर्न पाउने तथा अन्य वित्तिय उपकरणहरु जारि गरि निजी क्षेत्रमा पूँजि परिचालन गर्न सरकारले कन्जुस्याई गर्न नहुने कुरा समेत ध्यान दिनुपर्दछ । स्मरण रहोस विश्व बैंक र एसियाली विकास बैंकले परिर्वतित मुद्राको Debenture जारीगरी पूँजि लागानि गर्ने कुरा चर्चामा मात्र सिमित रहेकोछ । यसमा सिघ्र कारवाहीको माग गर्दछौ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको