Like us!
Follow us!
Connect us!
Watch us!

सिन्धुली ट्रष्टको सहयोगमा मगरको स्वास्थ्य अवस्था सुधार

शुक्रबार, ११ साउन २०७५, १५ : ०८ मा प्रकाशित

सिन्धुली ट्रष्टको सहयोगमा मगरको स्वास्थ्य अवस्था सुधार

शंखर पहाडी,गौरब

अर्थ संसार सिन्धुली– सिन्धुलीको गोलन्जोर ४ तिनकन्याकी केशरीमाया मगर विगत लामो समयदेखि स्वास्थ्य समस्याका कारण अप्रेशन गर्नु पर्ने अवस्था सृजना भएपछि आर्थीक अभावका कारण छट्पटीमा थिईन ।

विगत करिब ३ साता  देखि आर्थीक अभाबका कारण अप्रेशन गर्न नसकेर छट्पटाई रहेकी मगर अहिले सिन्धुली ट्रष्टको सहयोगका कारण हिडडुल गर्न सक्ने भएकी छन ।

लडेर पछाडिको तल्लो भागको हड्डी भाँचीए पछि  उपचारका लागि काठमाण्डौँको ट्रमा  सेन्टरमा भर्ना भएकी मगरको अप्रेशन गर्न खर्च अभाव भएपछि सिन्धुली ट्रष्ट नेपालले  रु ३० हजार नगद  सहयोग गरेको थियो । त्यसपछि मगरको अप्रेशन भएको थियो । त्यसपछि उपचारारत मगर  अहिले आफैँ उठबस गर्न सक्ने भएकी मगरका आफ्न्तले बताएका छन ।

ट्रष्टको आर्थीक सहयोगमा आमाको अप्रेशनमा सहयोग पुगेको  केशरीमायाका छोरा भुपाल मगरले बताउनु भयो ।  अस्पतालमा अझैँ केही समय बस्नु पर्ने भएपनि अहिले आमा आफैँ उठ्न सक्ने भएका कारण आफुलाई निकै खुसी लागेको भुपालको भनाई छ ।

सिन्धुली जिल्लाबासीलार्ई निरन्तर सयोग गर्दै आउनु भएका सिन्धुली ट्रष्टका अध्यक्ष उज्ज्वल विक्रम थापाले सहयोग गर्दा मगरको अवस्था सुधार भएको प्रति खुसी व्याक्त गर्नुृ भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको