Like us!
Follow us!
Connect us!
Watch us!

आँखु खोला हाइड्रोको IPO साउन १७ गतेबाट धादिङवासीलाई

शनिबार, १२ साउन २०७५, १० : ५८ मा प्रकाशित

आँखु खोला हाइड्रोको IPO साउन १७ गतेबाट धादिङवासीलाई


अर्थ संसार, काठमाडौँ– आँखु खोला हाइड्रो पावर कम्पनीले साउन दोस्रो सातादेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङका बासिन्दाका लागि आठ करोड रुपियाँ बराबरको आठ लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।

आईपीओमा छिटोमा साउन ३१ गतेभित्र र ढिलोमा भदौ १५ गतेभित्रसम्म आवेदन दिई सक्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीलाई धितोपत्र बोर्डले गत असार २७ गते सर्वसाधारण र आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल २० करोड रुपियाँ बराबरको २० लाख कित्ता आईपीओ निष्काशनको अनुमति दिएको थियो । यसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई सेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने १२ करोड रुपियाँ बराबरको आईपीओ निष्काशन गर्नेछ । स्थानीयले समेत सबै सेयर नकिने बाँकी रहेको सेयरसमेत सर्वसाधारण लगानीकर्ताका लागि नै निष्काशन गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ ग्रेड फाइभको ग्रेडिङ प्रदान गरेको छ । यसले कम्पनीको अवस्था औसतभन्दा कमजोर रहेको सङ्केत गर्छ । हाल कम्पनीको चुक्ता पुँजी ६० करोड रुपियाँ रहेको छ ।

कम्पनीबाट प्रवद्र्धित आँखु खोला–१ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४२.७३ करोड रहेको छ । आयोजना निर्माण सम्पन्न भई मिति २०७० साल भाद्र ८ गतेदेखि व्यावसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मे.वा. रहेको छ ।

आयोजनाबाट उत्पादित वार्षिक ४६ गिगावाट विद्युत् शक्ति नेपाल प्राधिकरणको केन्दीय प्रसारण लाइनमा समावेश गरिएको छ । कम्पनीले आईपीओबाट सङ्कलित रकम आँखु खोला–१ जलविद्युत् आयोजना निर्माण गर्ने क्रममा लिएको सहवित्तीयकरण कर्जा आंशिक रूपमा भुक्तानीमा प्रयोग गर्ने बताएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको