Like us!
Follow us!
Connect us!
Watch us!

कामदार नरोक्न मलेसियाको आग्रह

आइतबार, १३ साउन २०७५, ०८ : २५ मा प्रकाशित

कामदार नरोक्न मलेसियाको आग्रह

अर्थ संसार, काठमडौं– मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।

मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले चर्को आर्थिक असुली गर्नेलगायतका निर्णय गरेको उल्लेख गर्दै त्यसलाई रोक्ने प्रक्रिया सुरु भएको बताएका छन् ।

मलेसियाले नेपाली कामदारको भिसा प्रोसेसिङलगायतमा चर्को रकम असुल्ने निजी कम्पनीलाई हटाई सीधा सरकार —सरकारबीच मात्र गर्ने गरी नीतिगत फेरबदल गर्न सक्ने संकेत गरेका छन् ।
, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको