Like us!
Follow us!
Connect us!
Watch us!

स्वरोजगारको १०० प्रतिशत हकप्रद आजदेखि निश्कासन

आइतबार, १३ साउन २०७५, ११ : २९ मा प्रकाशित

स्वरोजगारको १०० प्रतिशत हकप्रद आजदेखि निश्कासन

अर्थ संसार, काठमाण्डौ –स्वरोजगार लघुवित्त बित्तीय संस्था लिमीटेडले आजदेखि १०० प्रतिशत हकप्रद सेयर विक्री खुल्ला गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १२ लाख २४ हजार कित्ता हकप्रद सेयर निश्कासन गरेको हो  ।

कम्पनीको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमीटेड रहेको छ । कम्पनीले हकप्रदका लागि असार २८ गतेलाई बुक क्लोज मिति तोकेको थियो ।

असार २७ गतेसम्म यो कम्पनीको सेयर खरीद गर्ने वा आफ्नो नाममा नामसारी गर्नेहरु हकप्रद भर्न योग्य हुनेछन् । हाल यो लघुवित्त कम्पनीको चुक्तापूँजी १० करोड ४९ लाख रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको