Like us!
Follow us!
Connect us!
Watch us!

ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट

आइतबार, २७ साउन २०७५, १४ : ४१ मा प्रकाशित

ओपो एफनाइन सार्वजनिक हुने, वाटरड्रप स्क्रिन सहितको उद्योगकै पहिलो ह्याण्डसेट

अर्थ संसार, काठमाडौं –सेल्फी एक्स्पर्ट, ओपोले लोकप्रिय एफसिरिज अन्तर्गत नयाँ संस्करण ओपो एफनाइन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीका अनुसार पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट हुनेछ । फोनको अधिल्लो भागमा रहेको टप नोचमारिसिभर, क्यामेरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ ।

ओपो एफनाइनमा रहेको ९०.८ रेसियो सहितको १९.५ : ९ वाटरड्रप स्क्रिनले फोनको अघिल्लो भागलाई निकै सुन्दर र आकर्षक देखाउँछ । वाटरड्रप डिजाइनको अवधारणालाई थप जीवन्तता प्रदान गर्न फोनमा क्यामेरा र फ्ल्याश लाइट एकै साथ उपलब्ध गरिएको छ । यिनलाई झट्ट हेर्दा एक अर्कामा आकर्षित भइरहेका पानीका दूई थोपा झैँ देखिन्छ । नयाँ फोनकै माध्यमबाट ओपोले कम्प्याक्ट स्पेशियल स्ट्रक्चरको सुनिश्चितता प्रदान गर्दै प्राकृतिक आवाज प्रदान गर्न नयाँ च्यानल साउण्ड कन्डक्सन पनि उपलब्ध गराएको छ ।

वाटरड्रप स्क्रिनलाई जीवन्तता प्रदान गर्न फोनको स्क्रिन डिजाइनमा विस्तारित राउण्डेड कर्नरहरुको प्रयोग गरिएका छन् । यसले फोन समाउँदा सहजताको अनुभव प्रदान गर्नुका साथै फोनलाई थप आकर्षक रुप पनि प्रदान गरेको छ । स्क्रिनसंग समायोजना गरिएको क्यामेरालाई कम्पनीले फ्रण्ट कोटिङ फिल्म सहितकालो रंगमा पेण्ट गरेको छ ।

यसले फोनको अघिल्लो भागको ईण्टिग्रिटी झल्काउन समेत उल्लेख्य भुमिका खेलेको छ । उद्योगकै अग्रगामी फ्लिपएलईडी प्रविधि, रिसिभर टप स्टेरिङ साउण्ड कन्डक्सन, लाइट सेन्सेसन हर्न सेप्ड लाइट कन्डक्सन, ग्यापएप्रोचिङ डिजाइन लगायत ४६ ओटा प्याटेन्ट सहितओपो एफनाइनको डिजाइन आँखाका लागि आरामदायी र जीवन्त दृष्यानुभूति प्रदान गर्ने सोचका साथ गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको