Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशियामा लगानी गर्दा फाइदा कि नोक्सान ? हेरौं, कम्पनी विश्लेषण

आइतबार, २७ साउन २०७५, १७ : ३० मा प्रकाशित

एनआईसी एशियामा लगानी गर्दा फाइदा कि नोक्सान ? हेरौं, 
 कम्पनी विश्लेषण

प्रमुख गतिविधि 

आक्रामक रूपमा शाखा विस्तार गरिरहेको बैंकले देशभर २ सय ३८ ओटा शाखा सञ्चालन गरेको छ । यससँगै निजीक्षेत्रको वाणिज्य बैंकहरूमा शाखा सञ्जालको आधारमा यो पहिलो नम्बरमा आइपुगेको छ । साथै, प्रविधिमैत्री सेवा विस्तार गर्ने क्रममा बैङ्कले मोबाइल बैङ्किङ प्रयोगकर्ताले उपभोग गर्न सक्नेगरी साउन २० गतदेखि क्यूआर कोडमार्फत भुक्तानी सेवाको शुरुआत गरेको छ ।

एनआईसी एशिया बैङ्क लिमिटेड : कम्पनी विश्लेषण (आइतवार, २७ साउन २०७५)

कम्पनीकोे सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०७४/७५ र २०७३/७४ बीच तुलना गर्दा :

  • बैंकले यो अवधिमा आफ्नो खुद नाफामा ६ प्रतिशत वृद्धि आएको छ । कम्पनीले यो त्रैमाससम्म १ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा सोही अवधिमा उसले १ अर्ब ४३ करोड खुद नाफा कमाएको थियो ।

  • चुक्तापूँजी बढेअनुसार नाफा नबढ्दा बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ५० पैसा घटेर १८ रुपैयाँ ९४ पैसामा आएको छ ।

  • निक्षेप र कर्जाको कुरा गर्दा उसले यो त्रैमासमा १ खर्ब ५१ अर्ब निक्षेप उठाई १ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

  • निक्षेप ७४ प्रतिशत वृद्धि भएको छ भने कर्जा प्रवाह ६७ प्रतिशत वृद्धि भएको छ ।

  • बैंकको मुख्य आम्दानीको कुरा गर्दा खुद ब्याज आम्दानी ५६ प्रतिशत वृद्धि भएर ३ अर्ब ९६ करोड पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १६ प्रतिशत वृद्धि भएर २ अर्ब २५ करोड पुगेको छ ।

  • निष्क्रिय कर्जाको अनुपातमा कमी ल्याउन कम्पनी सफल भएको छ । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ३६ प्रतिशतबाट घटेर शून्य दशमलव शून्य ६ प्रतिशतमा आएको छ ।

  • सीसीडी रेशियो ७४ दशमलव १२ प्रतिशतमा रहेको छ, जसले गर्दा आउने दिनमा बैंकलाई थप कर्जा विस्तारमा सहज हुने देखिन्छ ।

  • बैंकले प्रकाशन गरेको प्रकाशित चौथोे त्रैमासको वित्तीय विवरणअनुसार कोषको लागत ७ दशमलव ६७ प्रतिशत, आधार ब्याजदर ११ दशमलव १६ प्रतिशत, ब्याज स्प्रेडदर ५ दशमलव १० प्रतिशत र वितरणयोग्य मुनाफा ८२ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

निष्कर्ष

समीक्षा अवधिमा बैंकले आक्रामक रूपमा शाखा सञ्जाल विस्तार गर्नुका साथै निक्षेप आकार डेढ खर्ब र कर्जा १ खर्ब २१ अर्ब कटाएको छ । यसैसँगै निष्क्रिय कर्जाको अनुपातमा कमी ल्याउँदै शून्य दशमलव ६ प्रतिशतमा सीमित राख्न सक्नु उसको सकारात्मक पक्ष रहेको छ ।

यद्यपि, व्यवासय विस्तारसँगै सञ्चालन खर्चमा भएको वृद्धिले समग्रमा खुद मुनाफाको वृद्धि सुस्त बनाएको देखिन्छ । आक्रामक रूपमा शाखा सञ्जाल विस्तार गरेअनुरूप आगामी दिनमा त्यसको सकारात्मक प्रभाव मुनाफा वृद्धिमा प्रस्तुत गर्नुपर्ने चुनौती व्यवस्थापनसमक्ष थपिएको छ ।

प्राविधिक विश्लेषण : एनआईसी एशिया प्रवृत्तिहीन अवस्थामा

प्रतिरोध २ : ३३५ । प्रतिरोध १ : ३२० । अन्तिम कारोबार मूल्य : ३०९ । टेवा १ : ३०७ । टेवा २ : २९५

बजारको अवस्था

सबै समूह घटिरहेको बेलामा एनआईसी एशियाको शेयरमूल्य भने निश्चित सीमाभित्र उतारचढाव हुँदै आएको छ । एनआईसी एशियाको शेयरमूल्य ३ सय ६ रुपैयाँदेखि ३ सय २० को सीमाभित्र कारोबार हुँदै आएको छ । समग्र बजार घट्दो प्रवृत्तिमा रहेको बेलामा यसरी स्थिर रहनु पनि सकारात्मक हिसाबले लिन सकिन्छ ।

तर, बिहीवार भने यस बैंकको शेयरमूल्य ३ रुपैयाँ घटेर ३ सय ९ रुपैयाँमा बन्द भएको छ । १० हजार ७ सय ५३ कित्ता शेयर कारोबार भएको छ । ३ सय ७ को टेवा तोडेको खण्डमा भने बजार केही नकारात्मक हुने देखिन्छ ।

मुभिङ एभरेज 

पाँचदिन र २१ दिने मुभिङ एभरेजअनुसार एनआईसी एशियाको शेयरमूल्य घट्दो प्रवृत्तिमा छ ।

एटीआर

एटीआर सूचक केही दिनयता बढ्दै आएको छ, जसले एनआईसी एशियाको शेयरमा उतारचढाव बढ्दै आएको सङ्केत गरेको छ ।

ओबीभी 

ओबीभी सूचक घट्दो प्रवृत्तिमा रहेको छ, जसले शेयरमूल्य र कारोबारले बजार नकारात्मक रहेको बुझाएको छ ।

स्टोकास्टिक
स्टोकास्टिक सूचकबीचको भागमा रहेको छ, जसले खरीदकर्ता र विक्रेताको चाप बराबार रहेको सङ्केत गरेको छ ।

निष्कर्ष

विभिन्न प्राविधिक सूचकहरूले घट्दो प्रवृत्तिमा रहेको बुझाए पनि बजार अझै टेवामाथि नै रहेको हुनाले ‘पर्ख र हेर’को रणनीति नै उचित हुने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको