Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता, प्रतियुनिट ७ रुपैयाँ ३० पैसा

आइतबार, २७ साउन २०७५, १९ : ०५ मा प्रकाशित

अपि पावरको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता, प्रतियुनिट ७ रुपैयाँ ३० पैसा

अर्थ संसार, काठमाडौं– अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो ।

 कम्पनीले पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको सोलार प्लान्ट निर्माण गर्न लागेको छ । ती आयोजनासँग प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षका पिपिए भएको हो ।

 पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

अपि पावरले ४० मेगावाटको चमेलिया बनाउने, नेपाल विद्युत प्राधिकरणसँग ग्रिड कनेक्शन सम्झौता

उत्पादित विद्युत परवानीपुरको ११ केभी परवानीपुर र चन्द्रनिगाहपुरको ३३ केभी सबस्टेसनमा जोडिनेछ ।अबको १० महिनाभित्र प्राधिकरणको सबस्टेसन नजिक विद्युत उत्पादन गरी जोड्ने न्यौपानेले बताउनुभयो ।

 ‘प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,’ उहाँले भन्नुभयो  ‘भदौ पहिलो साताबाट चिनियाँ कम्पनीले काम सुरु गर्नेछ ।’

कम्पनीले सिमरा र ढल्केबरमा निर्माण गर्ने २ मेगावाटका आयोजनाको पनि एक साताभित्र पिपिए हुने तयारी छ । अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ ।

 सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो ।

 तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७.३० रुपैयाँ कायम गरियो ।

कूल  ६१ मेगावाट सौर्य विद्युत उत्पादन गर्न प्रस्ताव पेस गरेका २१ कम्पनीले पुरानै दरमा पिपिए हुनुपर्ने अडान राख्दै आएका थिए । तर, सरकारले यसबारे केही सुनुवाई नगरेपछि उत्पादक पछि हट्न बाध्य भएका हुन् । अब पुरानो दरमा पिपिए हुनुपर्ने अरू कम्पनी पनि आउने प्राधिकरणको भनाइ छ ।

5b7026ae7444b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको