Like us!
Follow us!
Connect us!
Watch us!

बार्सिलोनालाई स्पेनिस सुपर कपको उपाधि (भिडियोसहित)

सोमबार, २८ साउन २०७५, ०७ : १३ मा प्रकाशित

अर्थ संसार,  काठमाडौं- बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि उचालेको छ ।आइतबार राति भएको खेलमा बार्सिलोनाले सेभियालाई २–० गोल अन्तरले हराउँदै उपाधि उचालेको हो ।

मोरक्कोमा भएको खेलमा अग्रता भने सेभियाले लिएको थियो । उसका पाब्लो साराबियाले नवौं मिनेटमा नै गोल गरेका थिए ।

तर, पहिलो हाफको अन्त्यतिर जेरार्ड पिकेले बराबरी गोल फर्काए । खेलको ७८ औं मिनेटमा डेब्बेलेले गोल गरे ।

टेर स्टेगनले एलेक्स भिडाललाई फल गरेपछि सेभियाले पेनाल्टी पायो । तर, डेयरको प्रहार टेरस्टेगनले रोक्दै बार्सिलोनालाई सुपर कपको उपाधि दिलाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको