Like us!
Follow us!
Connect us!
Watch us!

युनियन हाइड्रोपावरको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन

सोमबार, २८ साउन २०७५, १० : ३८ मा प्रकाशित

युनियन हाइड्रोपावरको आइपिओ भर्नु भयो ? आज अन्तिम दिन

अर्थ संसार,काठमाडौं - युनियन हाइड्रोपावर कम्पनीले स्थानीयवासीको लागि निश्कासन गरेको साधारण सेयर (आइपिओ) भर्नु भयो ? नभरेको भए आजै गएर भर्नुहोला । किन कि आज अन्तिम दिन हो ।

तर, सोमबारसम्म सवै आइपिओ नविकेको खण्डमा भदौ १२ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले साउन १४ गतेदेखि लमजुङ जिल्लाका परियोजना प्रभावितहरुलाई गि ७ लाख ५० कित्ता आइपिओ निश्कासन गरकोे छ ।   लगानीकर्ताले न्यूनतम ५० देखि अधिकतम ३ हजार कित्ताका लागि आवेदन दिन पाइन्छ ।

कसले आवेदन दिने ?

यस कम्पनीको आइपिओ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नम्बर ८, ९ र १०, बेसिसहर नगरपालिका–५, सुन्दर बजार नगरपालिका–११ र कास्की जिल्लाको रुपा गाउँपालिका–१ का स्थानीयले आवेदन दिन पाउनेछन् । यसैगरी, लमजुङ जिल्लामा स्थायी बसोबास गर्ने बासिन्दाले पनि यो आइपीओ भर्न सक्नेछन् ।

 कहाँबाट आवेदन दिने ?

 युनियनको आइपीओमा लक्ष्मी क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । सिभिल बैंकको लमजुङस्थित मालिङ, बेसिसहर, गौंडा, भुलभुले र रैनास शाखा तथा ओम डेभलपमेन्ट बैंकको भोडेटार र बसिसहर शाखाबाट आवेदन दिन सकिनेछ ।
 
यसैगरी, कैलाश विकास बैंक, ग्लोबल आइएमई बैंक र लक्ष्मी लघुवित्तको भोर्लेटार शाखा तथा कामना सेवाको दुईपिप्ले र सनराइज बैंकको बेसिसहर शाखाबाट पनि आइपीओ भर्न सकिन्छ । युनियन हाइड्रोको आयोजना स्थलबाट पनि आवेदन फारम भर्न र बुझाउन पाइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको