Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा छलाङ्ग मार्दै एसबीआई बैंक (विवरणसहित)

सोमबार, २८ साउन २०७५, ११ : ०१ मा प्रकाशित

नाफामा छलाङ्ग मार्दै एसबीआई बैंक (विवरणसहित)

अर्थ संसार, काठमाडौं – नेपाल एसबीआई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब ८८ करोड ६८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा १ अर्ब ५७ करोड ३ लाख ३३ हजार रुपैयाँ रहेको रहेको  थियो ।  बैंकले खुद नाफामध्ये ५४ करोड ६३ लाख २४ हजार रुपैयाँ रेगुलेटरी एड्जस्टमेन्टका लागि छुट्याएको छ ।
 
रेगुलेटरी एड्जस्टमेन्टपछि एसबीआईको वितरण योग्य नाफा १ अर्ब ३४ करोड ५ लाख ६५ हजार रुपैयाँ हुन्छ ।  बैंकको खुद ब्याज आम्दानी ३७.७६५ ले बढेर ४ अर्ब १२ करोड ८८ लाख ८७ हजार रुपैयाँ पुगेको छ । यसैगरी, सञ्चालन नाफा २ अर्ब ८४ करोड ८२ लाख ७ हजार रुपैयाँ रहेको छ ।
 
यता, एसबीआईले ८४ अर्ब २१ करोड ६४ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब ८८ करोड ५६ लाख ९७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । खराब कर्जा ०।१०५ बाट बढेर ०।२०५ पुगेको छ । यसैगरी, कस्ट अफ फन्ड ३.५४५ बाट बढेर ५.४५५ पुगेको छ ।
 
एसबीआईले चुक्ता पुँजी ८ अर्ब ४ करोड ६९ लाख ५ हजार रुपैयाँ पुर्याएको छ । रिजर्भ कोषमा ४ अर्ब ७४ करोड ८७ लाख ३५ हजार रुपैयाँ जम्मा भएको छ । यसको प्रतिसेयर आम्दानी अघिल्लो वर्षको भन्दा घटेको छ ।प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ४६ पैसाबाट घटेर अहिले २३ रुपैयाँ ४३ पैसामा सीमित भएको छ ।

5b71164c1bdfc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको