Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा

मंगलबार, २९ साउन २०७५, १० : ३० मा प्रकाशित

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा

अर्थ संसार, काठमाडौं– सेयर बजारमा धमाधम हकप्रद सेयर विक्री खुल्ला हुने जारी छ । बजारमा ३ कम्पनीको हकप्रद सेयर विक्री खुल्ला भैरहेको छ भने ७ कम्पनीको सेयर आउने क्रममा छन् । 

अहिले हकप्रद सेयर विक्री खुल्ला हुने कम्पनीमा  सिनर्जी फाइनान्स लिमिटेड (१:०.२५ अनुपात), समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (२:१ अनुपात)  र मिर्मिरे माइक्रोफाइनान्स  डेभलपमेन्ट बैंक लिमिटेड (१:१अनुपात) रहेका छन् ।

त्यसैगरी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (१०:६ अनुपात), नागबेली लद्युवित्त वित्तीय संस्था लिमिटेड (१:१ अनुपात), स्वरोजगार लद्युवित्त वित्तीय संस्था लिमिटेड (१:१ अनुपात), नयाँ नेपाल लद्युवित्त वित्तीय संस्था लिमिटेड (१:२.५ अनुपात), नेपाल क्रेडिट एन्ड कर्मस बैंक लिमिटेड (२:१ अनुपात), सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेड (१:१.६७ अनुपात) र प्रोग्रेसिभ फाइनान्स लिमिटेड (१:२.८१ अनुपात) रहेका छन् ।

यी माथिको कम्पनीहरुले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर विक्री गरेका हुन् । बुक क्लोज हुने दिन भन्दा अगाडि दिनसम्म भएका सेयरधनी यस हकप्रद सेयर निश्कासनमा सहभागि हुन पाउनेछन् ।

कुन कम्पनीको हकप्रद सेयर कहिले र कतिको अनुपातमा ?

5b714b6032129.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको