Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से १० अंकले बढ्यो, कारोबार किन घट्यो ?

सोमबार, २८ साउन २०७५, १५ : २३ मा प्रकाशित

नेप्से १० अंकले बढ्यो, कारोबार किन घट्यो ?

अर्थ संसार, काठमाडौं– धेरै दिनपछि पुँजी बजारमा (आज) सोमबार हरियाली छाएको छ ।  बजार १०.४३ अंकले बढ्दा  १५७ वटा कम्पनीको ५ लाख ३३ हजार ४९२ कित्ता सेयर खरिदविक्री हुँदा १६ करोड ९६ लाख ६१ हजार ४३१ रुपैयाँको कारोबार भएको छ ।

कारोबार भएको समूह १० समूह मध्ये ९ वटा समूह उकालो लाग्दा नेप्से इन्डेक्स ११७४.५२ विन्दुमा आइपुगेकोछ ।  बजारमा सेयर बेच्ने भन्दा पनि किन्नेको संख्या बढेसँगै नेप्सेमा सुधार आएको हो ।

हेर्नुहोस, आजको सेयर तालिका

 क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.२४ अंकले बढेको छ । आज सवै भन्दा बढी लाइफ इन्स्योरेन्स ११०.८५ अंकले बढेको छ भने होटल समूह २.५ अंकले घटेको छ ।

आज आरम्भ माइक्रो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आफ्नो आम्दानी सवै भन्दा धेरै ९ प्रतिशतले बढाएका छन भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सवै भन्दा धेरै झण्डै १० प्रतिशतले आफ्नो आम्दानी गुमाएका छन् ।

यो पनि पढ्नु्होस्

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको