Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट

सोमबार, २८ साउन २०७५, १५ : ४५ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको कार्ड हुनेलाई ग्रीन सिटी अस्पतालमा २० प्रतिशत छुट

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंक र ग्रीन सिटी अस्पताल बीच सोमबारे अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।उक्त सम्भौतापत्रमा ग्रीन सिटी अस्पतालका सिनियर हस्पिटल म्यानेजर  मनिष दवाडीज्यू र ग्लोबल आइएमई बैंकका कार्ड वितरण तथा प्रबर्दन विभाग प्रमुख रविन्द्र ढकालज्यूले हस्ताक्षर गर्नुभएको  छ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।उक्त सम्झौता पश्चात ग्रीन सिटी अस्पताल, बसुन्धरामा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट (Debit), क्रेडिट (Credit), प्रिभिलेज (Privilege) कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशत सम्म छुट पाउने छन् ।  

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १३१ शाखा, १३४ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, १०० शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया , बेलायत र भारतमा प्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

यो पनि पढ्नु्होस्

हकप्रद सेयर भर्न छुटाउनु होला ? १० कम्पनीको ४ करोड ६० लाखबढी कित्ता सेयर बजारमा

नेप्से १० अंकले बढ्यो, कारोबार किन घट्यो ? 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको