Like us!
Follow us!
Connect us!
Watch us!

कैदी फरार

सोमबार, २८ साउन २०७५, १८ : ०५ मा प्रकाशित

कैदी फरार

अर्थ संसार, भद्रपुर– जिल्ला कारागार झापाबाट गौरादह नगरपालिका–८ जुरोपानीका २४ वर्षीय उमेश माझी फरार भएका छन् ।

गत २०७१ साल असार ७ गतेदेखि जबर्जस्तीकरणी र कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका माझी आइतबार अपराह्न फरार भएको कारागार प्रमुख यज्ञराज निरौलाले बताउनुभयो ।

उहाँका अनुसार अपराह्न ३ बजेसम्म माझी कारागारमै रहेकोे सिसी क्यामेराले देखिएको थियो । आइतबार साँझदेखि फरार माझीको खोजीमा प्रहरी परिचालन गरिएको छ । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको