Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानी गर्न जापानी राजदूतको आग्रह

सोमबार, २८ साउन २०७५, १८ : ४१ मा प्रकाशित

नेपालमा लगानी गर्न जापानी राजदूतको आग्रह

अर्थ संसार, काठमाडौं– नेपालको विकास एवं समृद्धिको लागि  लगानी गर्न जापानका नवनियुक्त राजदूत मासामिची साइगोलले जापानलाई आग्रह गरेका छन् । 

सोमबार नेपाल उद्योग परिसंघका पदाधिकारीसँगको भेटघाट कार्यक्रममा नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिची साइगालेले आग्रह गरेका  । भेटघाट कार्यक्रममा नेपाली उद्योगी र जापानी उद्योगीबीचको सम्बन्धलाई प्रवद्र्धनगर्न आफू इच्छुक भएको र यसको लागि सहजकर्ताको भूमिका निर्वाह गर्न आफू प्रयासरत हुने बताए ।

उक्त अवसरमा राजदूत साइगोले नेपालको विकास कार्यक्रममा जापानले सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा जापानबाट थप सहयोग र सहकार्य उपलब्धहुने र जापानी लगानी नेपालमा भित्र्याउन दूतावासको तर्फबाट सक्दो पहल गरिने विश्वास समेत व्यक्त गरेका छन् ।

उक्त अवसरमा जापानी राजदूतको स्वागत गर्दै परिसंघका अध्यक्ष हरि भक्त शर्माले नेपालमा विकासका आधारका साथै लगानीको उचित वातावरण श्रृजना भएको हुँदा जापानीउद्योगीको लागि समेत नेपाल लगानीको राम्रो क्षेत्र हुने आफूले विश्वास लिएको विचार सहित नेपालउद्योग परिसंघ नेपालको निजी क्षेत्रको तर्फबाट यस कार्यमा दूतावाससँग सहकार्य गर्न तयार रहेको कुरा व्यक्त गरे ।

नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनीहरुले आफ्नो लगानीको राम्रो प्रतिफल प्राप्त गरेको नेपालमा सञ्चालितउद्योगहरुले आफ्नो लगानीको नाफा रकमफिर्ता लग्ने विषयमा कुनै समस्यानभएको र राम्रो वातावरण नेपालमाभएको समेत उनले बताए ।
सो अवसरमा परिसंघ पदाधिकारीहरु, गभर्निङ्ग काउन्सील सदस्यहरु, राष्ट्रय परिषद सदस्यहरुएवं जापानी दूतावासका आर्थिक सल्लाहकारको समेत उपस्थितिरहेको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको