Like us!
Follow us!
Connect us!
Watch us!

‘सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा’

मंगलबार, २९ साउन २०७५, १२ : ०३ मा प्रकाशित

‘सबै विद्यार्थीलाई कम्प्युटर शिक्षा’

फाइल फोटो

अर्थ संसार, काठमाडौँ– सञ्चार, सूचना र प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार र निजी क्षेत्रको संयुक्त सहभागिताले मात्र मुलुकको दिगो आर्थिक विकासको लक्ष्य पूरा हुने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको ‘कागज प्रयोगविहीन समाज र विद्युतीय रोजगार’ विषयको अन्तक्र्रियामा उहाँले सरकार जनताको चाहनानुरुपको अपेक्षित लाभ पुर्याउन हरदम निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न कुनै कञ्जुस्याइँ नगरेको बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “निजी क्षेत्रले पनि राष्ट्र र जनतालाई हितमा राखेर सूचना र प्रविधिको क्षेत्रलाई जनमैत्री बनाउनुपर्छ र  लगानी गर्नुपर्छ ।”

 मन्त्री बाँस्कोटाले सरकार २९ हजार सरकारी विद्यालयमा पढ्ने सबै विद्यार्थीले कम्प्युटर प्रयोग गर्न जानून् भन्ने चाहन्छ भन्दै विद्यालयमा सूचना प्रविधि जान्ने शिक्षकको अभाव, भौगोलिक विकटता तथा पूर्वाधार र विद्युतीय सेवा नपुग्नाले सरकारको चाहनामा केही कठिनाइ र ढिला हुन गएको हो भन्नुभयो ।

 कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले युगअनुसारको योजनाका साथ जनताको चाहनानुरुप सूचना र प्रविधिमैत्री विकास आजको आवश्यकता  रहेको औँल्याउनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको