Like us!
Follow us!
Connect us!
Watch us!

नेत्रविक्रम चन्द ‘विप्लव’ को बम आतंक !

मंगलबार, २९ साउन २०७५, १३ : ४४ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ को बम आतंक !

अर्थ संसार, काठमाडौं–  काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले नैकाप र नयाँपाटीमा फेला परेका बम नेपाली सेनाले निष्क्रिय पारेको बताउँदै बम लिएर हिँडेका दुई जनालाई जमलबाट नियन्त्रणमा लिएको जानकारी दिनुभयो । जमलमा बम लिएर हिँडेको अवस्थामा उषाकिरण र तारा सञ्जेललाई नियन्त्रणमा लिइएको बताइएको छ ।

यसअघि आज बिहान भक्तपुरका विभिन्न स्थानमा बम फेला परेको थियो । शान्ति सुरक्षाका लागि प्रहरी गस्ती र सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

त्यसै गरी नेपाल बन्दका क्रममा मंगलबार दिउँसो ललितपुरको ज्वागलको व्यस्त सडकमा प्रेसर कुकर बम फेला परेको छ ।

प्रत्यक्षदर्शीका अनुसार एक व्यक्तिले सडकमा बम राखेर ज्वागलबाट युएन पार्कतर्फ भागेका थिए ।बम फेला परे लगत्तै शुरुमा नेपाल प्रहरीले बमलाई बीच सडकबाट सुरक्षित स्थानतर्फ लगेको थियो । त्यसपछि ढुङ्गाले हानेर बमलाई निस्क्रिय पार्ने प्रयास गरिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको