Like us!
Follow us!
Connect us!
Watch us!

तीन कम्पनीको १ करोड २२ लाखबढी कित्ता IPO बजारमा, कुन कम्पनीको कति कित्ता?

बुधबार, ३० साउन २०७५, ०५ : २० मा प्रकाशित

तीन कम्पनीको १ करोड २२ लाखबढी कित्ता IPO बजारमा, कुन कम्पनीको  कति कित्ता?

अर्थ संसार, काठमाडौं– अहिले  सेयर बजारमा तीन कम्पनीको साधारण सेयर (आइपिओ) धमाधम विक्री खुल्ला भैरहेको छ । आइपिओ विक्री खुल्ला हुने कम्प्नीमा शिवम् सिमन्ट्स लिमिटेड, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् ।

तीन कम्पनीको १ करोड २२ लाख ७० हजार कित्ता सेयर विक्री खुल्ला भएको हो । तीन वटै कम्पनीको सेयर स्थानीयवासीको लागि विक्री खुल्ला गरिएको हो ।

कुन कम्पनीको कति कित्ता ?

शिवम् सिमेन्ट्स

 स्थानीयवासीको लागि यस कम्पनीले ८ लाख ८० हजार कित्ता साधारण सेयर निश्कास गरेका छ । साउन १३ गतेदेखि निश्कासन भएको साधारण सेयर भदौ ११ गते बन्द हुने बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

यस कम्पनीको साधारण सेयर प्रतिकित्ता ३ सय रुपैयाँमा तोकिएको छ । स्थानीयवासीले लगानीकर्ताले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । मकवानपुर जिल्लाबासीले नजिकको बैंकबाट सि–आस्वा मार्फत आवेदन दिन सक्नेछन् ।
 
अपर तामाकोशी हाइड्रोपावर

अपर तामाकोशी हाइड्रोपावर कम्पनीले स्थानीयवासीको लागि साउन १६ गतेदेखि साधारण सेयर (आइपिओ) विक्री खुल्ला गरेको छ । स्थानीयवासीको लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर विक्री खुल्ला गरिएको छ । यसका लागि विक्री प्रबन्धक सिटिजन इन्भेष्टमेन्ट ट्रष्टले र सनराइज क्यापिटल लिमिटेडलाई जिम्मा दिइएको छ । जेठ २३ गते सेयर निश्कासन गर्न धितोपत्र बोर्डबाट स्वीकृत पाएको थियो । सेयर विक्री बन्द हुने मिति भदौ १४ गते तोकिएको छ ।

आइपिओ दोलखावासीले दोलखामा रहेका बैंकहरु कृषि विकास बैंक, मेगा बैंक, सेञ्चुरी बैंक, सिटिजन बैंक इन्टरनेशनल, लक्ष्मी बैंक, नविल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, प्राइम बैंक, राष्ट्रिय बाणिज्य बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, महालक्ष्मी विकास बैंकका शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। सर्वसधारणको लागि भने धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन पाउने ब्यवस्था छ ।

आँखु खोला जलविद्युत आयोजाना

यस जलविद्युत आयोजनाले धादिङवासीलाई साउन १७ गतेदेखि ८ लाख कित्ता साधारण सेयर विक्री खुल्ला गरेको छ । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट अनुसार छिटोमा साउन ३१ गते र ढिलोमा भदौ १५ गते सेयर निश्कासन बन्द हुनेछ । स्थानीयवासीले जिल्लमा रहेको सिभिल बैंक, मुक्तिनाथ विकास बैंक लगायतका बैंकमा खाता खोली सेयर भर्न सक्नुहुनेछ । 

5b72c091e009b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको