Like us!
Follow us!
Connect us!
Watch us!

विस्तारै गति लिदै सेयर बजार, ६ अंकले बढेको बजारमा झण्डै १९ करोडको कारोबार

मंगलबार, २९ साउन २०७५, १५ : १९ मा प्रकाशित

विस्तारै गति लिदै सेयर बजार, ६ अंकले बढेको बजारमा झण्डै १९ करोडको कारोबार

हेरौं, आजको सेयर तालिका

अर्थ संसार, काठमाडौं– लगानीकर्ता र सरोकारवालाविच भेटघाट बढेसँगै बजारमा उमंग छाएको छ । यसको प्रमाणित हिजो र आजको सेयर बजारले गरेको छ ।

सोमबार नेपाल पुँजीबाजर लगानीकर्ता संघले सरोकारवालासँग पुँजी बजारसम्बन्धी अन्तरिक्रया गरेसँगै थला परेको सेयर बजारले एकाएक गति लिन थालेको देखिन्छ ।

सोमबार १०.४३ अंकले बढेको बजारमा मंगलबार (आज) ६.६१ अंकले बढेको छ । मंगलबार १६ करोडमा सिमित भएको बजारमा आज १८ करोड ९८ लाख ८५ हजार ७३५ रुपैयाँको कारोबार भएको छ । कुल १६० वटा कम्पनीको ७ लाख ३२ हजार ७२५ कित्ता सेयर खरिदविक्री भएको छ ।

कारोबार भएको ११ समूह मध्ये ९ वटा समूह उकालो लाग्दा नेप्से १२८०.९८ विन्दुमा पुगेको छ । क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.५६ अंकले बढेको छ । कारोबार भएको समूह मध्ये सवैभ न्दा धेरै निजीवन विमा समूह ५०.०१ अंकले बढेको छ ।

आज आरम्भ माइक्रोेफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् भने सवै भन्दा बढी मल्टीपर्पस फिनान्स कम्पनीका लागनीकर्ताले ५ प्रतिशले गुमाएका छन् । सामान्य अंकले बढेको बजारमा कमाउने र गुमाउने कम्पनीहरु यस प्रकारको छ ।

कमाउने कम्पनीहरु

गुमाउने कम्पनीहरु

5b72a77493acc.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको