Like us!
Follow us!
Connect us!
Watch us!

नाफामा अब्बल बन्दै मेगा बैंक, मुनाफा अर्ब नाघ्यो

मंगलबार, २९ साउन २०७५, १९ : ५३ मा प्रकाशित

नाफामा अब्बल बन्दै मेगा बैंक, मुनाफा अर्ब नाघ्यो

अर्थ संसार, काठमाडौं– बैंकहरु माझ आफ्नो छ्ट्टै स्थान बनाउन सफल मैगा बैंक मुनाफामा अब्बल दरिएको छ । बैंककोे मुनाफा एक अर्ब रुपैँया नाघेको छ ।

स्थापनाको छोटो अबधिमै मेगा बैंकको बार्षिक खुद मुनाफा एक अर्ब नाघेको हो । गत आर्थिक बर्षमा बैंकको खुद मुनाफा ३२ प्रतिशतले बढेर १ अर्ब ४ करोड ६६ लाख पुगेको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बताउनुभयो ।

‘मेगा बैंक स्थापनाको भर्खरै ८ बर्ष भएको छ । तर, यति छोटो अवधिमै बार्षिक नाफा एक अर्ब नाघ्नुलाई हामीले ऐतिहासिक सफलताको रुपमा लिएका छौँ ’, सिइओ खुञ्जेलीले भन्नुभयो, ‘अब हामी गर्वका साथ बिलिनियर क्लवमा प्रवेश गरेका छौँ ।

वास्तवमा २०७५ साल बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जर भएको हुनाले ९ महिनाको खुद मुनाफाबाट १४ करोड रुपैँया रिजर्भमा लगेर राखेका छौँ । योसहित जोड्ने हो भने मेगा बैंकले गत आर्थिक बर्षमा १ अर्ब १९ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ ।

मेगा बैंकको ग्राहक संख्या ९० प्रतिशतले बढेको छ । २ लाख ६० हजार ग्राहक रहेकोमा गत आर्थिक बर्षमा ४ लाख ९६ हजार पुगेको बैंकले जनाएको छ ।

आर्थिक बर्ष २०७३/७४ मा कुल निक्षेप ३८ अर्ब ९४ करोड रुपैँया भएकोमा २०७४/७५ मा ६२ करोड रुपैँया पुगेको छ । जुन २४ अर्ब ३ करोड रुपैँयाले बढी हो । यसैगरी, सोही अवधिमा कर्जा २२ अर्ब ७ करोड रुपैँयाले बढेको छ । कुल कर्जा ३५ अर्ब १९ करोड रुपैँयाले वृद्धि भई ५७ अर्ब २६ करोड रुपैँया पुगेको हो ।

स्थापनाको नवौँ बर्षमा आइपुग्दा मेगा बैंकको शाखा संख्या १०१ वटा पुगेको छ । गत आर्थिक बर्षमा बैंकको ४७ वटा शाखा मात्र थियो । यसैगरी, देशभर मेगा बैंकका १४ वटा एक्टेनशन काउन्टर, ११९ वटा शाखारहित बैंकिङ सेवा, २ हजार भन्दा बढी मेगा रेमीट सञ्जाल र ७४ वटा एटीएम छन् ।

यो पनि पढ्नुहोस्

तीन कम्पनीको १ करोड २२ लाखबढी कित्ता IPO बजारमा, कुन कम्पनीको कति कित्ता? 

मन्द सेयर बजार : जोखिम पनि कम

विस्तारै गति लिदै सेयर बजार, ६ अंकले बढेको बजारमा झण्डै १९ करोडको कारोबार

ज्योति विकास बैंक र कुमारी बैंकबीच रेमिटेन्स सम्झौता 

 

पोखरा फाइनान्सले १३.६८४ प्रतिशत लाभांश दिने

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

नागबेली लद्युवित्तको नाफामा २३ प्रतिशतले गिरावट

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको