Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स समझौता

बुधबार, ३० साउन २०७५, १५ : ५४ मा प्रकाशित

मेगा बैंक र लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स समझौता

अर्थ संसार, काठमाडौं– मेगा बैंक नेपाल लिमिटेड र लाइफ इन्स्योरेन्स कर्पोरेशनबीच बैंकासुरेन्स सम्झौता बुधबार भएको छ । 

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआइसी)का कायममुकायम सिइओ अविजित घोष दस्टीदरले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । 

अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट एलआइसीमा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको