Like us!
Follow us!
Connect us!
Watch us!

मेगा बैंकले सुरु गर्यो किर्तिपुर, टोखा र रामकोटमा शाखरहित बैंकिङ सेवा

विहीबार, ३१ साउन २०७५, १८ : ५० मा प्रकाशित

मेगा बैंकले सुरु गर्यो किर्तिपुर, टोखा र रामकोटमा शाखरहित बैंकिङ सेवा

अर्थ संसार, काठमाडौँ- बिहीबार मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ ।

कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा सुरु गरेको हो । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ स्थित चम्पादेवीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र मेगा बैंक नेपाल लिमिटेडका शाखारहित बैकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले संयुक्त रुपमा कारोबारको सुरु गर्नुभयो ।

मेयर महर्जनले कीर्तिपुरबासीको आर्थिक अवस्थामा सुधार गर्न मेगा बैंकले चालेको कदमको स्वागत गर्दै यस क्षेत्रमा नमुना बैकिङ्ग कारोबार गर्ने बैंकको रुपमा स्थापित होस् भन्ने शुभकामना ब्यक्त गर्नुभयो ।

यसैगरी, रामकोटमा शाखारहित बैंकिङ सेवाको सुरुवात गर्दै नागार्जन नगरपालिकाका मेयर मोहनकुमार बस्नेतले शाखारहित बैंकिङ सेवाको सुरुवातले रामकोट क्षेत्रमा विकासको ढोका खोल्ने बताउनुभयो । मेगा बैंकको सरल कर्जाबाट ग्रामीण भेगका धेरै साना तथा मझौला ब्यवसायीहरु लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, टोखाको झोरमा शाखारहित बैंकिङ सेवाको सुरु गर्दै टोखा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले घरदैलोमै शाखारहित बैंकिङ सुविधा पाउनु यस क्षेत्रका बासिन्दाका लागि अवसर भएको बताउनुभयो ।

मेगा बैंकका शाखारहित बैंकिङ्ग सेवाका ईन्चार्ज डम्बरबहादुर श्रेष्ठले ग्रामीण क्षेत्रको आर्थिक अवस्थालाई उकास्न गाउँको खेतीयोग्य जग्गाहरु समेत धितो राखेर सहज तरिकाले १० लाख रुपैँयासम्मको कर्जा दिन मेगा सरल कर्जाको ब्यवस्था गरिएको बताउनुभयो । अब थोरै रकम पनि जम्मा गर्न टाढाको बैंकमा गई लाइन बस्न नपर्ने बताउँदै उहाँले घर नजिकैको शाखारहित बैंकिङ सेवाबाट जुनसुकै बेला पनि रकम जम्मा गर्न र आवश्यक परेको खण्डमा झिक्न सकिने ब्यवस्था मिलाइएको बताउनुभयो । मेगा बैंकका देशभर १ सय १९ वटा शाखारहित बैकिङ्ग सेवा छन् ।

5b7577bb2b2da.jpeg 5b7577bce7104.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको