Like us!
Follow us!
Connect us!
Watch us!

प्रविधि तथा सुचना मैत्री गाउँपालीका बन्दै फिकल

मंगलबार, ०५ भदौ २०७५, ०७ : ३९ मा प्रकाशित

प्रविधि तथा सुचना मैत्री  गाउँपालीका बन्दै फिकल

शंखर पहाडी(गौरब)

अर्थ संसार,  सिन्धुली- सिन्धुलीको फिकल गाउँ पालीकाले पालीकाको गतिबिधी नागरीकले सहजै थाहा पाउन भन्ने उद्देश्यका साथ मोवाईल एप्सको प्रयोग गरेको छ ।

पालीकालाई  सुचनामैत्री बनाउने उद्देश्यले पालीकामा भएका सबै सुचनाहरु पालीका बासीले थाहा पाउन सहज होस भन्नका लागि गाउँ पालीकाको नाममा मोवाइ्र्रल एप्सको प्र्रयोग गरेको फिकल गाउँ पालीकाले अर्थ संसारलाई जानकारी दिएको छ ।

सिन्धुलीका ९ स्थानिय निकाय मध्ये यस अघि सिन्धुलीको सुनकोसी गाउँ पालीकाले आफ्नो पालीकाको सुचना नागरीकलाई सहजै थाहा होस भन्नका लागि पालीकाको नाममा मोवाइ्र्रल एप्सको प्रयोग गरेको थियो । भने फिकल गाउँ पालीका मोवाईल एप्स प्रयोग गर्ने सिन्धुलीको दोस्रो गाउँ पालीका बन्न सफल भएको छ ।

पालीकाको मोवाईल एप्समा आर्थिक वर्ष २०७५/०७६ को पालीकाको योजना,नागरीक वडा पत्र,कर तथा राजश्वको दररेट,जनप्रतिनिधी तथा कर्माचारी विवरण, ऐन नीयम कानुन र सुचना तथा समाचारहरु राखिएको पालीकाका अध्यक्ष धन बहादुर कार्कीले जानकारी दिनु भयो ।

पालीकाको मोवाईल एप्सले गाउँ पालीकाला्रई प्रविधि मैत्री तथा सुचना मैत्री बनाउनुका साथै घरमै बसेर पालीकाको गतिविधिहरु नागरीकला्रई थाहा पाउन सहयोग पुग्ने पालीकाका अध्यक्ष कार्कीले बताउनु भयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको