Like us!
Follow us!
Connect us!
Watch us!

हाकिमको २ % तलब काटिँदा जवानको भने २८ % काटिन्छ !

मंगलबार, ०५ भदौ २०७५, ०७ : ५२ मा प्रकाशित

हाकिमको २ % तलब  काटिँदा जवानको भने २८ % काटिन्छ  !

 

अर्थ संसार, काठमाडौं -नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा तैनाथ सिपाहीको मासिक पारिश्रमिकबाट २८ प्रतिशतसम्म रकम कटौती गर्न थालेपछि आन्तरिक असन्तुष्टि चुलिएको छ ।

सैनिक कल्याणकारी कोषको रकम बृद्धि गर्न शान्ति मिसनमा तैनाथ तल्लो दर्जाका फौजको मासिक पारिश्रकिमकबाट सेनाले ३ सय ७८ डलर अमेरिकी डलर सम्म र उपल्लो तहका अधिकृतबाट २ प्रतिशत रकम कटौती गरेपछि विवाद बढेको हो ।

सेनाले तय गरेको कार्यविधिमा २२ प्रतिशतसम्म रकम कटौती गर्ने उल्लेख छ । तर, तयसलाई समेत नाघेर कार्यालय सहयोगी र सिपाहीबाट २८ प्रतिशतभन्दा बढी रकम असुल्ने गरेको पाईएको छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको