Like us!
Follow us!
Connect us!
Watch us!

मलाई अरू कसैका पतिको आवश्यकता छैन

शुक्रबार, १५ पुस २०७३, १४ : ०८ मा प्रकाशित

मलाई अरू कसैका पतिको आवश्यकता छैन

विवाद, आलोचना तथा विरोध हुँदाहुँदै पनि पूर्वपोर्नस्टार सनी लियोनले अहिले बलिउडमा राम्रै काम पाइरहेकी छिन् । उनले केहीदिनअघि मात्र शाहरुख खानको फिल्म ‘रइस’को गीत ‘लैला ओ लैला’को सुटिङ गरिन् । त्यसपछि मिडियासँग खुल्दै उनले शाहरुखसँग काम गर्दाको अनुभव सेयर गरेकी छिन् ।

‘शाहरुख खानसँग काम गर्न पाउनु नै मेरा लागि ठूलो उपलब्धि हो,’ उनले भनेकी छिन्, ‘यो फिल्ममा काम गर्नका लािग पनि मैले धेरै मिहिनेत गर्नुपर्ने भयो । तर, अब यो अत्यन्त फाइदाजनक भएको छ ।’सनीले रइसको गीतबारे कुरा गर्दागर्दै उनलाई सोधियो, ‘तपाईंलाई त ठूला अभिनेताहरूले आफ्नी श्रीमती रिसाउने भएकाले पनि अफर गर्दैनन् रे नि ?’ यस्तो प्रश्न सनीलाई पहिले पनि गरिन्थ्यो ।

पहिले–पहिले यस्तो प्रश्न सुन्दा रिसाउने सनीले यसपटक भने खुलेर कुरा गरिन्, ‘मेरा पति अत्यन्त ह्यान्डसम छन् र उनी सधैँ मसँगै हुन्छन् । मलाई अरू कसैका पतिको आवश्यकता छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको