Like us!
Follow us!
Connect us!
Watch us!

‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ ’ साइना कुँवरलाई (फोटोफिचर)

मंगलबार, ०५ भदौ २०७५, ११ : ३४ मा प्रकाशित

‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ ’ साइना कुँवरलाई (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– परेली मिडियाले राजधानीको आयोजना गरेको ‘ मिस टुरिज्म वर्ल्डवाइड नेपाल २०१८ मा काठमाडौको न्याथम कलेजकी साइना कुँवरले हात पार्न सफल भएकी छिन् ।

कुँवरले मिस टुरिज्म नेपाल २०१८ मा आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताजसंगै मिस फ्रेन्डशिप को अवार्ड जितेकी हुन् ।

त्यसैगरी आयुश्मा पोखरेलले फष्ट रनरअपको ताज हात पारीन भने उनले विधागत तर्फको मिस लिडरशिप अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।त्यसैगरी सेकेण्ड रनरअपको ताज रश्मि पहारीले जित्न सफल भइन भने उनले विधागत तर्फ मिस ट्यालेन्ट र मिस हेल्पफुल को पनि अवार्डु हात पारेकी हुन् ।

यस्तैगरी थर्ड रनरअप पुनम घिमिरे भइन् भने उनले मिस डिसिप्लीन अवार्ड पनि जित्न सफल भइन । विधागततर्फ भने समिक्षा रेग्मीले ‘मिस हार्ड वर्किङ’ को उपाधी हात पारीन् । सोनिका ताम्राकारले मिस पपुलर, जेशिका रावलले मिस सोसियल पोल्टामा पार्दा सरिना नापितले मिस पर्सनालिटी अवार्ड हात पारीन् ।

त्यस्तै बेस्ट पर्फर्मेन्स मोनिका न्यौपाने, बेस्ट स्पीच र बेस्ट स्टुडेन्ट अवार्ड प्रतिभा पन्थी ले जित्न सफल भइन भने रविना श्रेष्ठले बेस्ट वाक, सन्ध्या भट्टराईले बेस्ट स्माइल, सन्ध्या महर्जन मिस फोटोजेनिक, मिस पङ्चुवालिटि अलिजा सेढाई र मिस इन्टेलिजेन्ट सिम्रोन बास्तोला घोषित भइन । कार्यक्रमको निर्णायकमा चर्चित गायक आनन्द कार्की वरिष्ठ सौन्दर्यविद सिता न्यौपाने पाठक,संचारकर्मी तथा समाजसेवी किशोर भट्राई तथा संगितकार रोशन भट्राई रहेका थिए ।

प्रतियोगितामा विजेता साइना कुँवरले मिस टुरिज्म नेपाल २०१८’ कोे ताज र उपाधि सहित नेपालको प्रतिनिधित्व गर्दै सिङ्गापुर र इन्डोनेशियामा हुने बिश्वब्यापी पर्यटन र संस्कृति प्रवर्द्धन सौन्दर्य प्रतियोगितामा भाग लिन पाउनेछिन ।

सिङ्गापुरको लुमिनी ईन्टरनेशनल संगको सहकार्य संगै नेपाल पर्यटन बोर्डको सहयतामा देशको संस्कृति तथा पर्यटन अन्तरास्ट्रिय स्तरमा प्रवर्द्धन गर्नको लागि आयोजना गरिएको प्रतियोगितामा अन्तिम १५ प्रतिस्पर्धी छनौट गरिएको थियो । पर्यटन प्रवद्र्धनको निमित्त यस प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने आयोजक तथा परेली मिडियाका अध्यक्ष बर्षा कार्कीले जानकारी दिनुभयो ।

5b7ba93b2cb42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको