Like us!
Follow us!
Connect us!
Watch us!

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको भूकम्प

बुधबार, ०६ भदौ २०७५, १३ : २४ मा प्रकाशित

भेनेजुएलामा ७.३ म्याग्नीच्युडको  भूकम्प

अर्थ संसार, काठमाडौँ –  भेनेजुएलाको उत्तरपूर्वी तटीय क्षेत्रमा मङ्गलबार अपराह्नमा ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । सो भूकम्पबाट हालसम्म मानवीय क्षतिको कुनै समाचार प्राप्त भएका छैन ।

त्यसैगरी भूकम्पपछि सुनामीको चेतावनी पनि दिइएको छैन । भेनेजुएलाको भू–गर्भ विभागका अनुसार स्थानीय समायानुसार मङ्गलबार अपराह्न ५ः३१ मा गएको यस भूकम्पको केन्द्रविन्दु यागरापारो शहरबाट १९ किलोमिटर दक्षिणपूर्वमा भएको जनाइएको छ ।

भूकम्पको कम्पन नुएभा, इस्पार्टा, मोनागास, बोलिभार, डेल्टा आमाक्यरो आरागुआ र काराबोबोलगायत क्षेत्र वरपर महसूस गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

शक्तिशालीको यस कम्पनपछि सडक र पर्खालहरुमा चिराहरु देखा परेका बताइएको छ । यस भूकम्पको कम्पन कोलम्बियाको राजधानी बोगोटासम्म महसुश गरिएको थियो ।

सो भूकम्पपछि त्यहाँको अन्तराष्ट्रिय विमानस्थलसमेत केही समयको लागि बन्द गरिएको बताइएको छ ।

युएस प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पपछि भीषण सुनामीको छाल उठ्ने सम्भावना रहेको चेतावती दिएको थियो तर पछि भने सुनामीको जोखिम घटेको भन्दै उक्त चेतावनीयुक्त सूचना फिर्ता लिएको थियो ।

भूकम्पको विषयमा विश्वभरी नै निगरानी राख्ने अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले भेनेजुएलामा हिजो आएको भूकम्प १९९० यताको नै सबैभन्दा शक्तिशाली भएको जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको