Like us!
Follow us!
Connect us!
Watch us!

अन्ततः ५ बटा बैंक गाभिएर बन्ने एनसिसीले गर्ने भयो एकिकृत कारोबार

शुक्रबार, १५ पुस २०७३, १५ : ०५ मा प्रकाशित

अन्ततः ५ बटा बैंक गाभिएर बन्ने एनसिसीले गर्ने भयो एकिकृत कारोबार

अर्थ संसार

काठमाडौँ–पाँच बटा बैंक गाभिएर बन्ने नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले आइतवारदेखि एकीकृत कारोवार गर्ने भएको छ । बैंकले शुक्रबार सूचना जारी गरेर एकिकृत कारोबार गर्ने जानकारी दिएको हो । एनसीसीसँग इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट गाभिएर एकीकृत कारोवार गर्न लागेका हुन् । ती सबै बैंकलाई एकिकृत कारोबार गर्न नियामक नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले अनुमति दिएका छन्।

बैंकले पाँच वटै संस्थाको कारोबार एकीकृत गर्न र सफ्टवेयर मिलाउन पुस १५ र १६ गते पाँच वटै बैंकका शाखाहरु बन्द गरिने जनाईएको छ ।

एनसीसीमा गाभिएपछि ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने छन् । मर्जरपछि एनसीसीको चुक्ता पूँजी चार अर्व ६७ करोड ९० लाख हुनेछ । बैंकका शाखा ९६ वटा हुनेछन् । मर्जपछि बैंकको निक्षेप ५२ अर्व रुपैयाँ र कर्जा ४४ अर्व रुपैयाँ पुग्ने जनाईको छ। 

एनसीसीको सम्पत्तिको सम्पत्तिको कम मूल्याङ्कन गरिएको भन्दै  त्यसको प्रमुख लगानीकर्ता समुह एनबीका जितबहादुर श्रेष्ठ र लक्ष्मीबहादुर श्रेष्ठले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि एकिकृत कारोबार गर्ने समय लम्बिएको थियो ।  

एनसिसीसँग मर्जरमा जान कुमारी बैंकले समेत सम्झौता गरेको थियो । सेयरधनीले विरोध गरेपछि कुमारी मर्जर प्रक्रियाबाट फिर्ता भएको थियो । 

यो पनि पढ्नुहोस्

मेरो मायामा मल्लिकासँग सन्तोषको रोमान्स (भिडियोसहित)

३ सय ६५ दिन नै खुल्ने बैँक

फुटवेयर विजनेश एक्स्पो सुरु

मलाई अरू कसैका पतिको आवश्यकता छैन

अपि पावर कम्पनी लिमिटेडले पायो उत्पादन अनुमतिपत्र

कसकसले पाए शिक्षा पत्रकारिता पुरस्कार ?

नेप्सेलाई धितोपत्र बोर्डले असहयोग गरिरहेको छ

58662d018673e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको