Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ नियमावली कार्यान्वयनमा आएपछि धमाधम सेयर सूचीकरण, पर्ला बजारमा प्रभाव ?

बुधबार, ०६ भदौ २०७५, १७ : ३४ मा प्रकाशित

नयाँ नियमावली कार्यान्वयनमा आएपछि धमाधम सेयर सूचीकरण, पर्ला बजारमा प्रभाव ?

अर्थ संसार, काठमाडौँ– नेपाल स्टक एक्सचेञ्जले ‘धितोपत्र सूचीकरण विनियमावली, २०७५’ तथा ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ पारित गरेको छ ।

ती नियमावली पारित भएपछि सूचीकृत हुन बाँकी रहेका विभिन्न कम्पनीका शेयर धमाधम सूचीकृत भएका छन् । लामो समयदेखि नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्कट एक्सचेञ्चबीच विवादका कारण आर्थिक वर्ष सुरु भएको एक महिनासम्म कुनै पनि शेयर सूचीकृत भएका थिएनन् ।

विनियमावली पारित नहुँदा करोडौ कित्ता सेयर सूचीकृत हुन सकेको थिएन । विनियमावली पारित भएसँगै आज नौ कम्पनीको सेयर सूचीकृत भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

पुरानो विनियमावली खारेज भएको र नयाँ पारित हुन नसक्दा नयाँ आर्थिक वर्ष लागेदेखि नै नेप्सेले सेयर सूचीकरण रोकेको थियो ।

नयाँ नियमावली पारित भएर कार्यान्वयनमा आएपछि धमाधम शेयर सूचीकृत भएका छन् । नियमावली कार्यान्वयनमा आएपछि आज एकै दिन  सिद्धार्थ बैंक, कर्णाली डेभलपमेन्ट बैंक, नाडेप लघुवित्त, मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन बैंक, एनएमबी बैंकलगायतका संस्थाको कुल ४ करोड ४१ लाख भन्दा बढी कित्ता सेयर सूचीकरण भएको छ ।

सूचीकरण हुन बाँकी रहेका अन्य कम्पनीहरुको पनि बिहीबारसम्म सुचीकरण गर्ने तयारीमा नेप्से रेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको