Like us!
Follow us!
Connect us!
Watch us!

हवाई यात्रु बिमा १ करोड ७८ लाख

शुक्रबार, ०८ भदौ २०७५, ०८ : ११ मा प्रकाशित

हवाई यात्रु बिमा १ करोड ७८ लाख

अर्थ संसार, काठमाडौं- हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार (१० डलर ९१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर  (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ । आजको कारोबारमा समाचार छापिएको छ ।

विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो ।  

संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए ।उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको