आइतबार, ०७ असोज २०७५, १५ : १२
नेपाली होटल उद्योग र पर्यटकको अपेक्षा
शुक्रबार, ०८ भदौ २०७५

हालै नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको तथ्यांकअनुसार नेपाल भ्रमणमा आएका विदेशी पर्यटकको संख्या सन् २०१८ को जुलाई महिनामा सन् २०१७ को सोही महिनाको तुलनामा लगभग ७४ पश्तिशतले बढेको छ । बोर्डले प्रकाशित गरेको तथ्यांकअनुसार सन् २०१७ को जुलाई महिनामा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या ४२ हजार दुईसय ४० जना थिए भने हाल (सन् २०१८) को जुलाई महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ९३ हजार दुईसयद ९९ जना रहेको छ । वास्तवमा विदेशी पर्यटकका लागि नेपालको स्वर्ग नै हो भन्दा फरक पर्दैन !

 माथि उल्लेख भएअनुसार विदेशी पर्यटकको नेपाल आगमनमा बढोत्तरी भएमा सन् २०१८ मा (यो वर्ष) १० लाख २०–३० हजारदेखि  १० लाख ५०–६० हजार चानचुन विदेशी पर्यटक नेपाल भ्रमण आउने अनुमान लगाउन सकिन्छ । खासमा नेपालको हवाई यातायात पूर्वाधारमा चमत्कारिक फड्को मार्न सके वार्षिक १२–१३ लाख विदेशी पर्यटक भित्र्याउने कुनै आइतबार पर्खर्नुपर्ने थिएन । 

हाम्रो देश नेपालमा लगभग १७ सयवटा हिमालहरु हिम रेखाभन्दा माथि छन् भने त्यसमध्ये नेपाल सरकारले पटकपटक गरेर चारसय १०वटा (५,५५० मिटर अग्लो छुकुङ–रीदेखि लिएर ८,८४८ मिटर अग्लो सगरमाथा अर्थात् चोमोलुङमा एभरेस्टलगायतका) हिमाल पर्वतारोहणका लागि खुल्ला गरेको छ ।

धेरै अघिदेखि तत्कालीन श्री ५ को सरकारले ३३ वटा स–साना हिमाललाई “ट्रेकिङ पिक’को रुपमा मान्यता दिएर र, टे्रकिङ जाने पर्यटकहरुले छोटो समयमै आरोहण गून् भनेर नेपाल पर्वतारोहण संघ (एनएमए) लाई रेखदेख गर्ने, ती स–साना हिमाल चढ्न चाहने आरोहीलाई परमिट दिने, शुल्क उठाउने लगायतको जिम्मेवारी दिएर सुम्पेको थियो भने यस विषयमा बीचबीचमा ‘कान फुक्का’हरुको कुरो सुनेर नेपाल सरकारले पर्वतारोहरण संघलाई दिइएको स–साना हिमाल बीचमा अकस्मात खोस्ने, फेरि दिने गर्दै आएको छ । अहिले पनि यी ट्रेकिङ पिकहरु एनएमएलाई दिने क नदिने भनेर विवाद भैरहेको छ । स्मरण रहोस्, केही वर्षअघि त्यसरी विवाद हुने क्रममा नेपाल सरकारको निर्णय विरुद्ध एनएमएले सर्वोच्च अदालतमा मुद्धा हाल्यो र, जित्यो पनि ।

जे होस्, बाँकी रहेका आठहजार मिटर भन्दा अग्लो हिम शिखर भएका देशहरुमा चीन ८,८४८ मिटर चोमोलुङमा (एभरेस्ट) चीन–नेपाल सिमाना, ८,०१३ सिसा–पाङमा नेपाल–चीन सीमा र ८,६११ मिटर के–टु, ८,१२५ मिटर नांगा पर्वत पाकिस्तान, ८,०६८ मिटर गसेर बु्रम–१ पाकिस्तान–चीन सिमाना,  ८,०५६ मिटर ब्रोड पिक, पाकिस्तान–चीन सिमाना, ८,०३४ मिटर गासेर ब्रुम–२, पाकिस्तान–चीन सिमाना हो । माथि उल्लेखित यी दुइवटै देशहरुमा पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्क नेपालको दाँजोमा ज्यादै कम छ ।

त्यसैले नेपाल सरकारले पनि पर्वतारोहीहरुले कुनै पनि स–साना हिमालदेखि लिएर ठूला हिमालहरु चढ्दा लाग्ने शुल्क अर्थात् सलामी तस्तुर घटाउने लगायत अन्य अफिसियल झन्झटहरु हटाउने तर्फ सोच्नै पर्ने देखिन्छ । पर्वतारोहीहरुले हिमाल चढ्दा लाग्ने शुल्कको कुरो गर्दा नेपालको सुदूर पश्चिम क्षेत्रमा रहेका केही हिमालहरु नेपाल सरकारले केही हिमालहरु निशुल्क र, केही हिमालहरु पचास प्रतिशत छुटमा चढ्नका लागि खुल्ला गरेको छ । तर भगौलिक दूरता र यातायातको कठिनाइले गर्दा हिंडेरै गएर चढेर फर्कँदा तीन–चार महिना भन्दा पनि बढी समय लाग्न सक्ने हिमालपनिभएकोले अहिलेको जस्तो हतारोको जमानामा संभव नै छैन ।

त्यसमाथि आर्थिक रुपमा ज्यादै खर्चिलो पनि हुन्छ  “–पर्वतारोहण । सायद त्यसैको प्रभाव स्वरुप हुन सक्छ, हालसम्म अपेक्षित रुपमा सफलता मिल्न सकेको छैन । भनिन्छ, ती निशुल्क चढ्न पाइने भनिएको केही हिमालहरु चढ्न पाऊँ भनी अनुमतिका लागि अहिलेसम्म कुनै विदेशी पर्वतारोही दल वा व्यक्तिले नेपाल सरकार, पर्यटन मन्त्रालय, उद्योग महशाखामा निवेदन हालेका  छैनन् ! हुन पनि नेपालको पर्यटन उद्योग–व्यवसायमा सम्भावना कति छ भन्ने त नेपालमा पदयात्रा व्यवसाय चलाउनका लागि दर्ता भएका २६ सयको हाराहारी संख्यमा खुलेको ट्रेकिङ ऐजेन्सीहरुले नै बताउँछ ।

त्यस्तै नेपाल भ्रमणमा आएका विदेशी पर्यटकलाई वास र सेव दिन भनी नेपालभरि होटलहरु काठमाडौंको संख्या १२० वटा तारे र ९५५ वटा पर्यटकीय होटलहरु खुलेको छ भने तीनसय वटाभन्दा बढी होम स्टेहरु खुलेको छ । यसरी नेपालमा हाल  सानाठूला गरी लगभग १३ सयवटा होटल चालू अवस्थामा छन् भने अरु कयौं तारे तथा पर्यटकीयस्तरका होटलहरु खुल्ने क्रममा छन् ।

यसरी होटलहरु खुल्ने क्रम काठमाण्डौ बाहिरका बीरगन्ज, नेपालगन्ज, भैरहवा, पाल्पा, पोखरा, चितवन आदि विभिन्न स्थानहरुमा पनि बढेको छ । सन २००७ मा नेपाल सरकार पर्यटन मन्त्रालयले निकालेको डाटामा उल्लेख भएको आधारमा हेर्दा त्यो बेला नेपालभरि जम्मा छ सय १९ वटा होटलहरु थिए । यी होटलहरुमा जम्मा कोठा संख्या १२ हजार चारसय ८२ वटा र, ओछ्यान (बेड) सुविधा लगभग चौबीस हजार ६ सय ८१ वटा दैनिक रहेको थियो । केही अघिको तथ्यांक हेर्दा होटलको बेड संख्या बढेर दैनिक ३९ हजार १२० जना पर्यटकलाई धान्नेगरी बेड संख्या पुगेको छ ।   

त्यसो त भन्ने नै हो भने २०६२/०६३ को राजनैतिक परिवर्तनपछि  नेपालमा छाएको स्थाई शान्ति ! ले गर्दा समग्र पर्यटन उद्योग क्षेत्रमै आशाको किरणले राम्रोसँग पैmलिने अवसर पाइरहेको मान्न सकिन्छ । फलतः होटल, लज, गेस्ट हाउस, होम स्टे लगायत पर्यटनसंँग सम्बन्धित अन्य संघ–संस्थाहरुको संख्या बढ्ने क्रममा रहेको देखिन्छ । साँचो अर्थमा भन्ने हो भने माथि उल्लेखित पर्यटनसँग सम्बधित होटल, लज, गेस्ट हाउस, होम स्टे लगायत संघ–संस्थाहरु पनि वास्तवमा पर्यटन पूर्वाधारका लागि नभई नहुने अंगहरु नै हुन् ।

जे होस्, पर्यटकीय संभावनाको हिसावले हेर्दा हाम्रो देश नेपाल प्राकृतिक हिसावले नै राम्रो मात्रै नभएर उत्कृस्ट र सदाबहार रहेको छ । तर, नेपाली पर्यटन फस्टाउनका लागि हामीलाई आवश्यक छ, सरकारी कामकाजमा छिटो छरितोपनाको, पर्यटन व्यवसायीहरुमा इमान्दारीपनाको अनि राजनैतिक पार्टी र तिनका नेता, कार्यकर्ता, भातृ संस्थाहरु र जातीय तथा सामाजिक संघ–संस्थाहरुले पनि बेला न कुबेलाको र, एक प्रकारले भन्ने हो भने कहिल्यै माग पूरा नहुने बेकारको नेपाल बन्द, आमहड्ताल लगायत आकस्मिक रुपमा गरिने चक्काजाम आदि इत्यादि नगर्ने प्रतिवद्धताको ।

kehinajannekulung@gmail.com

 

Copyright © 2018 Kushum Media Creation Pvt. Ltd., All Rights Reserved