Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्दै

मंगलबार, १२ भदौ २०७५, १२ : १६ मा प्रकाशित

प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन  गर्दै


अर्थ संसार, काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्मा सम्बोधन गर्नु हुनेछ । प्रधानमन्त्री ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन तयारीलगायतका विषयमा सम्बोधन गर्नु हुनेछ ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँले यसबीचमा संसद्मा सांसदले उठाउनुभएका समसामयिक विषयको पनि जवाफ दिनुहुनेछ । यही भदौ १४ / १५ गते काठमाडौँमा बिमस्टेकको शिखर सम्मेलन हुँदैछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको