Like us!
Follow us!
Connect us!
Watch us!

शहीद परिवारलाई रोजगारी

मंगलबार, १२ भदौ २०७५, २१ : ५७ मा प्रकाशित

शहीद परिवारलाई रोजगारी

अर्थ संसार, महेन्द्रनगर- महेन्द्रनगर, धनुषा  मधेश आन्दोलनका क्रममा शहीद हुनुभएका राजीव राउतकी श्रीमती निलमदेवी राउतलाई प्रदेश नं. २ सरकारले रोजगारी दिएको छ ।

प्रदेश सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णयअनुरुप प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयमा उहाँलाई नियुक्ति दिइएको हो ।

आज एक कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउतले निलमदेवी राउतलाई सो नियुक्तिपत्र हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री राउतले प्रत्येक शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी आह्वान गरिसकेका छौँ, सम्पर्कमा आउनुहुने शहीद परिवारलाई योग्यता र क्षमताका आधारमा रोजगारी दिन्छाँै ।”

यसअघि पनि मुख्य न्यायाधिवक्ता कार्यालयमै अर्को शहीद रामविवेक यादवकी श्रीमती अनिला यादवलाई समेत रोजगारी दिइएको थियो ।

मधेश आन्दोलन शहीद परिवार रोजगारी तथा घाइते सहायता निर्देशिका २०७५ अनुसार उहाँहरुलाई रोजगारी दिइएको हो । निर्देशिकाअनुरुप प्रदेश सरकारले घाइतेहरुलाई समेत क्रमशः सहायता उपलब्ध गराउँदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको