Like us!
Follow us!
Connect us!
Watch us!

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

बुधबार, १३ भदौ २०७५, ११ : २३ मा प्रकाशित

बिम्स्टेक मन्त्रीस्तरीय बैठक शुरु

अर्थ संसार, काठमाडौं–  हुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक०को १६औँ मन्त्रीस्तरीय बैठक शुरु भएको छ ।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अध्यक्षतामा भएको उक्त बैठकमा सदस्य देशका परराष्ट्र÷बाह्य मामिला÷विदेशमन्त्रीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार बैठकमा बिम्स्टेकका महासचिवको प्रतिवेदन बिहीबारदेखि शुरु हुने शिखर सम्मेलनको तयारी, मङ्गलबार सम्पन्न बिम्स्टेकका वरिष्ठ पदाधिकारीको १९औँ बैठक तथा विशेष बैठकका प्रतिवेदन पेश हुनेछन् ।

त्यसैगरी बिम्स्टेक सम्मेलन तथा समझदारीपत्रको तयारी, चौथो शिखर सम्मेलन र काठमाडौँ घोषणापत्रको मस्यौदालाई अन्तिम रूप दिने, बैठकका कार्यसूची पारित गर्ने र मन्त्रीस्तरीय बैठकको अध्यक्षता हस्तान्तरण आजैको बैठकमा हुनेछ ।

बैठकमा बङ्गलादेशको नेतृत्व त्यहाँका विदेशमन्त्री अबुल हसन महमुद अलि, भारतको प्रतिनिधित्व त्यहाँका बाह्य मामिला राज्यमन्त्री भि. के सिंहले गर्नुहुनेछ ।

यसैगरी म्यान्माका अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी सङ्घीय मन्त्री क्याव तिन, श्रीलङ्काका विदेश राज्यमन्त्री बसन्ता सेनानायके, थाइल्याण्डका विदेशमन्त्री दोन प्रमुदविनय नेतृत्वको प्रतिनिधिमण्डलले बैठकमा भाग लिनेछ ।

बैठकमा भुटानका विदेश सचिव सोनाम छोङले आफ्नो मुलुकको प्रतिनिधित्व गर्नुहुनेछ । भुटानमा आम निर्वाचन घोषणा भएकाले अन्तरिम व्यवस्थामा सचिव छोङलाई मन्त्रीस्तरीय बैठकमा सहभागिताको अख्तियारी प्रदान गरिएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको