Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

आइतबार, १७ पुस २०७३, ०९ : ४२ मा प्रकाशित

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

अर्थ संसार
काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँगको मर्जरपछि आजदेखि एकिकृत कारोबार सुरु गर्ने भएको छ । 

एनसिसिको एकिकरण प्रक्रिया निकै लामो भएको थियो । सुरुमा मर्जर प्रक्रियामा सामेल भएको कुमारी बैंक अन्तिम अबस्थामा बाहिरिएको थियो । अन्ततः ५ वटा संस्थालाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि पनि एनसीसी बैंकको प्रवर्धक एनवि समुहका संचालकले एनसिसिको सम्पत्ति मूल्यांकमा असहमति जनाउँदै अदालतमा मुद्दा दर्ता गरेपछि एकिकृत कारोबार गर्ने दिन लम्बिएको थियो । फेरि  एनसीसी बैंकका ३० प्रतिशत सेयरधनीले माग गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर २० गते एनसीसी बैंकलाई विशेष साधारणसभा गर्न निर्देशन दिएको थियो । 

अन्ततः एनसीसी बैंकमा अरु ४ वटा विकास बैंक मर्ज भएर एकिकृत कम्पनी बनेको जानकारी कम्पनी रजिष्ट्रारले विहीबार दिएको थियो । पाँचवटै संस्थाको मर्जपछि उपेन्द्रकेशरी न्यौपाने संचालक समितिको अध्यक्ष भएका छन् । समितिमा एनसीसीको तर्फबाट न्यौपानेका साथै  मोहनबहादुर बस्नेत, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ चयन भएका छन् । अरु विवकास बैंकबाट एक एक जना संचालक छानिएका छन् ।

संचालक समितिमा एपेक्स डेभलपमेन्ट बैंकबाट विष्णुप्रसाद धिताल, इन्टरनेशनल डेभलपमेन्ट बैंकबाट माधवप्रसाद भट्ट, सुप्रिम डेभलपमेन्ट बैंकबाट चन्द्रप्रसाद बास्तोला र इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकबाट इमानसिंह लामा सञ्चालक समिति सदस्य भएका छन् । छानिएका सबै ती बैंकमा यसअघि संचालक समितिका अध्यक्ष रहेका हरु हुन् । 

एनसीसी बैंकले आजै बागबजारस्थित मुख्य कार्यालयमा औपचरिक कार्यक्रम गरी नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीविबाट एकिकृत कारोबार गर्ने कार्यक्रम जनाएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको शाखा ९६ वटा र कर्मचारी १ हजार २८ जना कायम भएका छन् । निक्षेप करिव ४८ अर्ब र कर्जा लगानी करिव ४० अर्ब रुपैयाँ हुनेछ ।

5868848bc2a8f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको