Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

शुक्रबार, १५ भदौ २०७५, १३ : २८ मा प्रकाशित

अष्ट्रेलियाली चलचित्र निर्मातालाई क्याम्बोडियामा छ वर्ष जेल सजाय

नोम्पेन्ह ।  अष्ट्रेलियाली एकजना चलचित्र निर्मातालाई क्याम्बोडियाका विरुद्ध जासुसी गरेको आरोपमा छ वर्षको जेल सजाय तोकिएको छ । अष्ट्रेलियाली ती चलचित्र निर्माता जेम्स रिक्सटनलाई क्याम्बोडियाली अदालतले सुनाएको छ वर्षको जेल सजायलाई ह्युमन राइट्स वाचले भने हास्यास्पद काम भनी टिप्पणी गरेको छ ।

उहाँलाई गतवर्षको जुन महिनादेखि पक्राउ गरी थुनामा राखिएको थियो । शुक्रबार एक अदालतले उहाँलाई देशका विरुद्ध जासुस गरेको भन्दै छ वर्षको जेल सजाय सुनाएको हो ।

गत वर्षको जुन महिनामा क्याम्बोडियाको राजधानी नोम्पेन्हमा यहाँको विपक्षी दल क्याम्बोडिया नेशनल रेस्क्यु पार्टीले गरेको सरकार विरोधी ¥यालीको तस्बिर उहाँले ड्रोन प्रयोग गरेर खिच्नु भएको थियो ।यहाँको सरकारले पछि सो राजनीतिक दललाई नै प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्धित दलको तस्बिर खिचेर अन्तर्राष्ट्रिय रुपमा नै देशका विरुद्धमा जासुसी गरेको आरोप उहाँलाई लगाइएको थियो ।

गत वर्षको जुनदेखि थुनामा राखिएको उहाँको मुद्दाको सुनुवाई यसै हप्ता शुरु भएको थियो । छ दिनको सुनुवाइपछि शुक्रबार यहाँको अदालतले उहाँलाई छ वर्षको जेल सजाय सुनाएको हो ।फिल्म निर्माता रिक्सटनका विरुद्धमा दुई ओटा मुद्धा लगाइएको थियो । ती दुवै मुद्दामा दोषी ठहर गरेर उहाँलाई छ वर्षको जेल सजायँ तोकिएको उक्त अदालतले बताएको छ ।

उहाँले क्याम्बोडियामा बसेर देशका विरुद्धमा विदेशका लागि जासुसी गरेको ठहर सो अदालतको छ । तर सो आरोप रिक्सटनले भने अस्वीकार गर्नुभएको छ । अदालतमा सुनुवाई भइरहेकै बेला उहाँले चर्को स्वरमा भन्नुभएको थियो– विश्वासै गर्न नसकिने, मैले क्याम्बोडियाका विरुद्धमा कुन देशलाई जासुसी गरेँ ? चलचित्र निर्माता रिक्सटनका अधिवक्ताले यस फैसलका विरुद्ध क्याम्बोडियाका राजासँग माफीका लागि अपिल गर्ने जानकारी दिनुभयो ।

चलचित्र निर्माता रिक्सटन ६९ वर्षको हुनुहुन्छ । उक्त फैसला सुनाइएपछि उहाँले आफूमाथि अन्याय भएको प्रतिक्रिया दिनुभयो । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको