Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय, थाइल्याण्ड, बङ्गला देशका प्रधानमन्त्री र म्यान्माका राष्ट्रपति स्वदेश फिर्ता

शुक्रबार, १५ भदौ २०७५, २० : १९ मा प्रकाशित

भारतीय, थाइल्याण्ड,  बङ्गला देशका प्रधानमन्त्री  र म्यान्माका राष्ट्रपति  स्वदेश फिर्ता

अर्थ संसार, काठमाडौं– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन आउनु भएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा, म्यान्माका राष्ट्रपति विन मिन्त, बङ्गलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता शुक्रबार स्वदेश फर्किनु भएको छ ।

बङ्गलादेशका प्रधानमन्त्री स्वदेश फिर्ता

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभयो । बिम्स्टेकमा भाग लिनका लागि बङ्गलादेशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ बिहीबार काठमाडौँ आउनुभएको थियो ।

भारतीय प्रधानमन्त्री स्वदेश फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री मोदीलाई बिदाइ गर्नुभयो ।

सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति थियो । त्यसअघि भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा आयोजित नवनिर्मित धर्मशाला हन्तान्तरण समारोहमा सहभागी हुनुभयो । बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुन मोदी बिहीबार काठमाडौँ आउनु भएको थियो ।

थाइल्याण्डका प्रधानमन्त्री स्वदेश फिर्ता

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बिदाइ गर्नुभएको थियो । बिम्स्टेकको शिखर सम्मेलनमा भाग लिन उहाँ बिहीबार काठमाडौँ आउनुभएको हो ।

म्यान्माका राष्ट्रपति स्वदेश फिर्ता

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाइ गर्नुभएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको