Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमले सुरु गर्यो फोर जी सेवा

आइतबार, १७ पुस २०७३, १४ : ०९ मा प्रकाशित

टेलिकमले सुरु गर्यो फोर जी सेवा

अर्थसंसार
काठमाडौँ–प्रविधिमा बढ्दो विकाससँगै नयाँ सेवा र सुविधाहरु आईरहेका छन् । नेपाल टेलिकमलले मोबाइलमा फोर जी सेवा सञ्चालनमा ल्याएको छ । हालसम्म नेपालमा थ्रि जी र टु जी सेवा मात्र सञ्चालनमा आइरहेको थियो । टेलिकमका उपभोक्ताले सुरुवातमा ३२ दशमलव ४ एमबीपीएस गतिमा इन्टरनेट चलाउन पाउनेछन् ।

व्यावसायिक रूपमा सुरु गरेपछि यो गति ८० एमबीपीएससम्म  पुग्ने टेलिमले जनाएको छ । अहिले टेलिकमको थ्री जी १२ एमबीपीएस गतिमा चल्छ ।सुरुवातमा देशका मूख्य सहर काठमाडौं र पोखरामा फोर जी सेवा सञ्चालनमा आउने  छ । पछि देशभर नै संचालनमा आउने छ । फोर जी सेवा उपलब्ध नभएका ठाउँका उपभोक्ताले थ्रि जी र टु जी सेवा प्रयोग गर्न सक्नेछन् ।फोर जी सेवाका लागि नयाँ सिम लिनुपर्नेछ । फो जी सेवामा भिडियो कललगाएत अन्य काम छिटो हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको