Like us!
Follow us!
Connect us!
Watch us!

एनसिसीले अरु ४ बैंक गाभिएपछि सुरु गर्यो एकिकृत कारोबार, चुक्ता पूँजी ४ अर्ब ६७ करोड

आइतबार, १७ पुस २०७३, १५ : ५७ मा प्रकाशित

एनसिसीले अरु ४ बैंक गाभिएपछि सुरु गर्यो एकिकृत कारोबार, चुक्ता पूँजी ४ अर्ब ६७ करोड

अर्थ संसार

काठमाडौं– नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंकसँगको मर्जरपछि आजदेखि एकिकृत कारोबार सुरु गरेको छ । एनसीसी बैंकको बागबजारस्थित मुख्य कार्यालयमा औपचरिक कार्यक्रमबीच नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपालले एकिकृत कारोबारको सुरुआत गरे । 

त्यस अवसरमा गभर्नर नेपालले अवका दिनमा बैंकको पूँजी आधार बलियो भएकोले पूर्वाधार र उत्पादनमुलक, एवं पर्यटन क्षेत्रमा लगानी गर्न र संचालक, ब्यवस्थापनलगायत सबैले बंकिङ्ग अनुशासन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरे ।

मर्जरपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९० लाख रुपैयाँ पुगेको छ । बैंकको शाखा ९६ वटा र कर्मचारी १ हजार २८ जना कायम भएका छन् । निक्षेप करिव ४८ अर्ब र कर्जा लगानी करिव ४० अर्ब रुपैयाँ भएको छ । 

मर्जरपछि एनसीसीको एकसय कित्ता बराबर ईन्फ्रास्ट्रक्चरका सेयरधनीले ७६, ईन्टरनेशनलकाले ७२, सुप्रिमकाले ७५ र एपेक्सकाले ४७ कित्ता सेयर पाउने छन् । 

एनसिसिको एकिकरण प्रक्रिया निकै लामो भएको थियो । सुरुमा मर्जर प्रक्रियामा सामेल भएको कुमारी बैंक अन्तिम अबस्थामा बाहिरिएको थियो । अन्ततः ५ वटा संस्थालाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि पनि एनसीसी बैंकको प्रवर्धक एनवि समुहका संचालकले एनसिसिको सम्पत्ति मूल्यांकमा असहमति जनाउँदै अदालतमा मुद्दा दर्ता गरेपछि एकिकृत कारोबार गर्ने दिन लम्बिएको थियो । फेरि  एनसीसी बैंकका ३० प्रतिशत सेयरधनीले माग गरेपछि कम्पनी रजिष्ट्रारको कार्यालयले मंसिर २० गते एनसीसी बैंकलाई विशेष साधारणसभा गर्न निर्देशन दिएको थियो । अन्ततः एनसीसी बैंकमा अरु ४ वटा विकास बैंक मर्ज भएर एकिकृत कम्पनी बनेको जानकारी कम्पनी रजिष्ट्रारले विहीबार दिएको थियो ।

बैंकले असार मसान्तसम्म ८ अर्ब पूँजी पुर्याउन वोनस, हकप्रद वा अर्को कुनै उपयुक्त वित्तीय संस्थालाई भित्र्याउने बैंकको प्रमुख कार्यकारी रमेशराज अर्यालले बताए । बैंकको विभिन्न बैंकको स्वाप रेसियोबाट बचेको ९९ करोड रुपैयाँ जगेडा कोषमा छ । 

पाँच वटै बैंकले मर्जरका निमित्त सहमतिपत्रमा २०७२ माग ११ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंकसमक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट २०७२ चैत ३ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भएको थियो । त्यसपछि ती बैंकले मर्जर सम्बन्धी प्रस्तावहरु आ–आप्mना वार्षिक साधारण सभाबाट पारित गराएर अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गरेका थिए । राष्ट्र बैंकले गत मसिंर २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १४ गते अन्तिम स्वीकृति दिएका थिए । 

बैंकको तदर्थ संचालक समितिमा उपेन्द्रकेशरी न्यौपाने संस्थापक संचालकहरुमा मोहनबहादुर बस्नेत, इमानसिह लामा, माधवप्रसाद भट्ट, विष्णुप्रसाद धिताल र सर्वसाधारण शेयर समूहबाट चन्द्रप्रसाद बास्तोला, कैलाशपतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ रहेका छन् । 
 

यो पनि पढ्नुहोस

जलविद्युत लगानी तथा विकास कम्पनीको बुक क्लोज कहिले ?

सूर्योदय लघुवित्तलाई एसएलविएस कोड, आजदेखि कारोबार

एनसिसी बैंकसँग अरु ४ विकास बैंक मिलेर आजदेखि एकिकृत कारोबार गर्ने

किन चिन्ता ?

मनाइयो टोपी दिवस

टेलिकमले सुरु गर्यो फोर जी सेवा

नयाँ बर्षमा संचारकर्मी पौडेलको म्युजिक भिडियो दर्शकमाझ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको