Like us!
Follow us!
Connect us!
Watch us!

कालिकाको १२ लाख IPO भदौ २८ गतेदेखि, आस्वा सेव लिएका बैंकबाट आवेदन दिन सकिने

बुधबार, २० भदौ २०७५, ११ : ०९ मा प्रकाशित

कालिकाको १२ लाख IPO भदौ २८ गतेदेखि, आस्वा सेव लिएका बैंकबाट आवेदन दिन सकिने

अर्थ संसार, काठमाडौं – स्थानीयवासीको लागि साधारण सेयर (आइपिओ) विक्री गरी सकेको कालिका पावर कम्पनी लिमिटेड भदौ २८ गतेदेखि सर्वसाधारणको लागि आइपिओ निश्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा १२ लाख कित्ता आइपीओ बिक्री गर्न लागेको हो । कम्पनीले साधारण सेयर सेयर (आइपिओ)  बिक्री प्रबन्धकमा काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

क्यापिटलको अनुसार १२ लाख कित्ता सेयरमध्ये २४ हजार कित्ता कम्पनीका कर्मचारी र ६० हजार कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

कलिकाको आइपीओमा असोज १ गतेसम्म आवेदन दिन पाइन्छ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने असोज २८ गतेसम्म भर्न सकिन्छ ।

 कहाँबाट आवेदन दिने ?

यस कम्पनीले निश्काशन गरेको आइपिओमा आवेदन बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलबाट आवेदन दिन  सकिनेछ । त्यसै गरी नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयलाई ६ लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । पहिलो चरणमा स्थानीयका लागि जारी पुँजीको १० प्रतिशत आइपीओ बिक्री गरिएको थियो । कम्पनीले गोरखामा ६ मेगावाट क्षमताको दरौदी ए, जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको