Like us!
Follow us!
Connect us!
Watch us!
बढ्ने र घट्ने कम्पनी यस्ता छन्

नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार रकममा बृद्धि

विहीबार, २१ भदौ २०७५, १५ : १३ मा प्रकाशित

नेप्सेको उकालो यात्रामा ब्रेक, कारोबार रकममा बृद्धि

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– यो साताको पहिलो दिनदेखि नै एकाएक उचालिएको शेयर बजारमा (आज) विहीबार ब्रेक लागेको छ ।  शेयर बजार  ४.३६ अंकले घटेपनि कारोबार रकममा भने वृछि भएको छ ।

जम्मा १७४ वटा कम्पनीको ३२ लाख २८ हजार ५६९ कित्ता शेयर खरिदविक्री हुँदा ७९ करोड ३३ लाख ८६ हजार ३६८ रुपैयाँको कारोबार भएको छ । 

कारोबार भएको समूह मध्ये ८ वटा समूह ओरालो लाग्दा नेप्से १२२९.२४ विन्दुमा आइपुगेको छ । बजार सामान्य अंकले घट्दा क वर्गको सेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ०.८१ अंकले घटेको  छ ।

आज व्यापार समूह ३.७६ अंक, उत्पादन समूह २०.४१ अंक र अन्य समूह १४.०५ अंकले बढेको छन् । यता बैकिङ  ५.०९ अंक, होलट ४.९४ अंक, जलविद्युत १५.९६ अंक, फाइनान्स १५.९६ अंक,  नन् लाइफ इन्स्योरेन्स ८४.०७ अंक, माइक्रोफाइनान्स १५.०८ अंक र लाइफ इनस्योरेन्स ३८.८२ अंकले घटेको छन् । शेयर बजारमा बढ्ने र घट्ने कम्पनीहरु यस प्रकारको छ ।

बढ्ने कम्पनीहरु

घट्ने कम्पनीहरु

5b90f5960f2bf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको